विद्यार्थीलाई सेलरोटी बनाउन सिकाउने शिक्षा (भिडियो रिपोर्ट)

दमक/
घरमा बिभिन्न पर्वका बेलामा होस वा विभिन्न धार्मिक तथा अन्य कर्मका बेलामा, नेपाली चुल्होमा पाक्ने महत्वपूणर् परिकार हो सेल रोटी ।
सेल रोटी बनाउने बिभिन्न उपरकणहरु पनि बजारमा पाउँछन् । सेलरोटी पकाउने उपकरणहरु पाउनुको पछाडि चाहि पछिल्लो समयको पुस्तारुहले हातलेनै सेलरोटी बनाउन नजानेर पनि हो ।

 

सिक्न नखोज्नु । घर परिवारले पनि सिक्न रोक्नु । सुरु देखीनै घरका काम कम लगाउनु तथा जिम्मेवारबोध कम गराएर पनि यस्ता घरायसी कामहरुमा नयाँ पुस्ताहरुले उती भेउ पाइरहेका छैनन ।

 

तर झापाको कमल गाउँपालिकामा रहेको स्मारिका सामुदायीक अग्रेजी माद्यमीक विद्यालयले भने विद्यार्थीहरुलाई व्यवहारीक सिप पनि सिकाउने गरेको छ । यसै सन्दर्भमा विद्यालयको प्राङ्गणमै कक्षा पाँचमा अध्ययन गर्ने विद्यार्थीहरु भेला पारेर सेलरोटी पकाउन सिकाइएको छ ।

 

चामलको पीठोमा कति पानी पानी हाल्ने, ताईमा तेल कति हालेर कतिबेर सम्म तताउने र तातेको तेलमा सेलरोटी कसरी घुमाउने भन्ने कुरा विद्यालयले विद्यार्थीलाई सिकाउने गरेको छ ।

विद्यालययको यो अतिरिक्त सिकाईमा समावेश गरिएको यसै विद्यालयकी शिक्षीका पुष्पा गिरीले जानकारी दिनु भयो । उहाँ भन्नु हुन्छ ‘विद्यार्थीहरुलाई घरायसी काम पनि विद्यालयमै सिकाइरहेका छौ यसले उनीहरुमा व्यवहारीक बन्न मद्यत पुग्न सक्छ भन्ने हाम्रो विस्वास हो । ’

विद्यालयको प्राङ्गणको एउटा कुनामा माटोमो चुल्हो बनाइएको छ । चुल्होमा केहि दाउरा छन् । ती दाउरा राम्रोसँग बल्न नपाएर पत पती धुवाइरहेका छन् । धुवाका कारण विद्यार्थीहरु आँखाबाट आँशु निकाल्दै भएपनि खुव चाख दिएर सेल रोटी बनाउन सिकिरहेका छन् । उनीहरु भन्छ्न ‘घरमा आमाहरुले सेलरोटी बनाएको देखेका थियौ । खादा मिठो लाग्छ । घरमा बनाउन दिनु भएको थीएन । विद्यालयमा बनाउन सिक्दै छौ ।’

यहाँ सिक्ने विद्यार्थीहरुले अहिले सम्म कहिलै रोटी पकाउने अभ्यास नगरिएको प्रतिकृया दिएका छन् । पहिलो पटक यस प्रकारको चामलको पीठोमा हात हालेको र यसरी रोटी पकाउने अभ्यास उनीहरुले गरेका हुन ।

 

पहिलो पटक भएकोले उनीहरुले राम्रोसँग हात घुमाएर सेल रोटी बनाउन जानेनन् । यसलाई निरन्तर सिकाएर केहि समयपछि घरमा हुने विभिन्न खाले कार्यक्रममा उनीहरुलाई रोटी पकाउन जान्ने गरिको बनाउने विद्यालयका प्रधानाध्यपक गुणराज गिरीले उज्यालो खवरलाई जानकारी दिनु भयो ।

भिडियो रिपोर्ट हेरौ

विद्यार्थीलाई सेलरोटी बनाउन सिकाउने शिक्षा (भिडियो) – YouTube

 

 

Share: