अनाथ अनाथ बालबालिकालाई पिउने पानी स्वच्छ बनाउन फिल्टर (भिडियोमा हेरौं)

दमक/
झापाको दमक नगरपालिका वडा नं ९ मा छ अनाथ बालबृद्धा आश्रम । यहाँ अहिले ३९ जना अनाथ बालबालिकाहरु बस्छन् । उनीहरुको शिक्षा, स्वास्थ्य र खानपीन सम्मको जिम्मा लिएको छ यो आश्रमले । बिभिन्न चन्दा दाता, सहयोगी सस्था तथा दातृ निकाययको सहयोगमा यी बालबालिकाहरुको दैनिकी सञ्चालन भइरहेको छ ।
३ वर्ष अघी सम्म यहाँ बसोबास गर्ने बालबालिकाले आर्सेनिक मिसिएको ट्यूवेलको पानी प्रयोग गर्दथे । अहिले भने खानेपानीकालागि धारा जडान गरिएको छ । तर यो पानी पनि उती स्वच्छ छैन । फिल्टर नगरीकनै धारामा पानी थापेर सोझै पिउने गरेका छन् ।

यसरी धाराको पानी बिना फिल्टर सेवन गर्दा शररीमा विभिन्न खाले रोग लाग्न सक्ने चिकित्सकको भनाई छ । स्वच्छ पानीको अभावमा छाडापखला तथा पेट सम्बन्धीका रोगहरु लाग्न सक्ने भएकोले पानी सेवन गर्दा त्यस सम्बन्धीका सर्तकता अपनाउन दमक अस्पतालमा कार्यरत जेनरल फिजिसियन डा. अनुपम घिमिरेले सुझाव दिनु भएको छ ।

स्वच्छ खानेपानी कसरी बनाउने भन्नेबारेमा आश्रमलाई थाह नभएको चाहि हैन । तर अन्य कुराको व्यवस्थापन गर्नै धौ धौ परिरहेको वा आर्थीक अभावका कारण पानीलाई फिल्टर गरेर खुवाउन नसकिएको दमक बालबृद्धा आश्रमकी अध्यक्ष मन्दरा पौडेल चिमरियाले दुखेसो सुनाउनु भयो ।

बालबृद्धा आश्रममा बस्ने बालबालिकाहरुले बिना फिल्टरको पानी सेवन गरेको कुरा एच डि एन  पी इन्टरनेशनले थाह पायो । त्यसपछि यसको वास्तविकता बुझ्न एच डि एन  पीको पूर्वि नेपालका संयोजक मिलन आचार्य सहितको टोलीले स्थलगत निरीक्षण गर्यो । यहाँ रहेका बालबालिकाहरुले पिउन, खाना पकाउन तथा अन्य हरेक काममा सोझै धाराको पानी मात्रै प्रयोग गरेको दृश्य आचार्यले देख्नु भयो । त्यसपछि उहाँले यहाँ एउटा फिल्टर जडान गराउने सोच राख्नुभयो । सो सोच अनुसारनै उहाँले एच डि एन  पीइन्टरनेशनलको सहयोगमा पानीलाई शुद्ध बनाउने फिल्टर जडान गराउनु भयो । उहाँ भन्नु हुन्छ ‘यो फिल्टरको प्रयोगले पानीका कारण लाग्न सक्ने रोगबाट बालबालिकाहरु बच्न सक्ने छन् ।

यहाँका स्थानिय जनप्रतिनिधीको रोहोबरमा सो फिल्टर बितरण गरिएको थियो । बितरीत फिल्टरको सहि सदुपयोग गराउन र यदी यसले कुनै अपुग भएमा वा कुनै प्राविधिक समस्या आएमा समाधान गर्न आफु तयार रहेको वडा नं ९ का वडाध्यक्ष कुवेर भट्टराईले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

एच डि एन  पीले बुधबार साझको समयमा पानी छान्ने फिल्टरका साथै केहि न्यानो कपडा पनि वितरण गरेको छ । अहिले यहाँ चिसो मौसम सुरु भएकोले चिसोबाट जोगाउन बालबालिकाहरुकालागि ४ थान उच्च गुणस्तरको फाईवर ब्लाङकेट समेत वितरण गरिएको जनाइएको छ ।

भिडियोमा हेरौं

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चुनावी हारबाट निराश नहुन कार्यकर्तालाई विद्या भण्डारीको आग्रह

काठमाडौँ,३ मंसिर । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साहित नहुन पार्टी कार्यकर्तालाई आग्रह गर्नु भएको छ । राष्ट्रिय भेलाको

सरकारबाट अपदस्त गरेदेखि नै एमालेमाथि प्रहार सुरु भएको हो : ओली

काठमाडौं,३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताँउनु भएको छ।

एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

काठमाडौं ,३ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुनु भएको छ । बिहीबार

प्रधानमन्त्री बालेनको भारत भ्रमणबाटरे झापा ५ बासीको सन्देश कस्तो?

दमक, ३ मंसीर । यो झापा ५ हो । यहीबाट झापा ५ बासीले बालेन्द्र शाहलाई अत्याधीक मत दिए र देशभरको मत परिणामपछि शाह प्रधानमन्त्री समेत

दोस्रो झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा झापा ११ र पोखरा खेल्ने

बिर्तामोड, मंसिर ३ । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही मंसिर ५ गतेदेखि

अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त