दमक/
कुनै बेला दमक देशकै सफा चिटिक्क शहरको रुपमा परिचित थियो । अहिले यहि नगरमा फोहोर उठेन भनेर उपभोक्ताहरुले सास्ती पाइरहनु परेको छ । बजार क्षेत्र प्रदुशीत हुन थालेको छ ।
खासगरी अहिले स्थाई खाले ‘ल्याण्ड फिल साईड’को अभावका कारण यस्तो समस्या देखिएको हो ।
केहि समय अघी सम्म रतुवा नदिको किनार खनेर फोहोर हाल्ने र पुर्ने गरिएको थियो भने अहिले त्यो ठाउँ पनि भरीएको छ
पछिल्लो समय दमक नगरपालिकालेनै हंसे दुम्से सामुदायीक वनको क्षेत्रमामा केहि समयकालागि फोहोर थुपार्नु भनेर ठाउँ तोकिदिएको थियो । तर त्यहाँ पनि जिल्ला वन कार्यालयले सामुदायको वन भीत्र फोहोर फाक्नुको कारण सहित हंसे दुम्से सामुदायीक वनलाई स्पष्टिकरण सोधेपछि त्यहाँ समेत फाक्ने काम रोकिएको छ । जसले गर्दा बिगत ६ दिन देखी दमक बजारको नकुहिने तथा बर्गीकरण नगरिएका फोहोर उठेका छैनन । यो समस्या अहिलेको मात्रै नभएर बिगत केहि वर्षदेखी समय समयमा सिर्जना हुदै आएको छ ।
‘सुन्य ल्याण्ड फिल्ड साईड’ सम्भव होला ?
दमकमा दैनिक कुहिने र नकुहिने फोहोर गरि अधिकतम ३० देखी ३५ लाख टन फोहोरसंकलन हुन्छ । दमकमा दुवै प्रकारका फोहोर संकलन गर्ने जिम्मा यहाँ रहेको नेक्स्ट इरा इनर्जीले लिएको छ । साथै यो कम्पनीले यहाँबाट संकलीत फोहोरबाट उर्जा तथा मल बनाउने पनि जिम्मा लिएको छ ।
कुहिने फोहोर अहिले पनि संकलन भइरहेको र त्यसलाई उर्जा त्पादन तथा मल बनाउने काममा लगाइएको भएपनि नकुहिने र बर्गीकरण नगरिएका फोहोर फाल्ने ठाउँ नभएका कारण अहिले समस्या सिर्जना भएको हो ।
ल्याण्ड फिल्ड साईडको समस्या निराकरण गर्न सकिने ३ उपायहरु
१) १० देखी १५ बिगाह जमिनको व्यवस्थापन
यदी दमक नगरपालिकाले फोहोर संकलन गर्ने कम्पनीलाई नकुहिने फोहोरलाई खनेर गाड्नकालागि न्यूनतम १० देखी १५ बिगाह जमिन उपलब्ध गराउने हो भने अहिलेको यो समस्या केहि वर्ष सम्मकालागि समाधान हुन्छ । यती क्षेत्रफलमा अहिले उत्पादीत फोहोरलाई संकलन गरि खन्ने र पुर्ने काम गर्न १० वर्ष सम्म निरन्तर काम गर्न सकिने छ । यदी यत्तीको क्षेत्रफलमा खाली जमिन दमक नगरपालिकाले सेवा प्रदायक सस्थालाई उपलब्ध गराउने हो भने केहि वर्षकालगी ल्याण्ड फिल्ड साईडको अभावमा फोहोर नउठ्ने भन्ने समस्या निराकरण हुन सक्छ ।
२) फोहोरको बर्गीकरण गर्ने मेसिनको व्यवस्थापन
अहिले बजारमा अधिकांस उपभोक्ताहरुले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्ने गरेका छन् । जसले गर्दाे बर्गीकरण गर्नै सकस भएका कारण त्यसरी नछुट्याइएका फोहोरलाई ल्याण्ड फिल्ड साईडमै लगेर पुर्ने गरिएको छ । यदी यसरी फ्याकीएका फोहोरलाई बर्गिकरण गर्ने मेसिनमा हाल्ने हो भने एक सयमा ७० प्रसितशत सम्मका फोहोरलाई कुहिने बनाउन सकिने र ३० प्रतिशत फोहोर मात्रै ल्याण्ड फिल्ड साईडमा पुर्न सकिन्छ । यो मेसिनको बजार मुल्य अनुसार न्यूनतम ७० लाख देखी माथी ८० लाख सम्ममा पाइने भइएकोले सेवा प्रदायक सस्था र दमक नगरपालिकाले समन्वय गरि यो मेसिन खरिद गर्न सकिने छ । यदी यो मेसिन खरिद भएमा न्यूनतम मात्रै ल्याण्ड फिल्ड साईड आवश्यक पर्न सक्छ ।
३) रिसाईकल मेसिनको जडान
बर्गिकरण गर्ने मेसिनका साथै नकुहिने फोहोरलाई पनि रिसाईकल गर्न पनि सकिन्छ । जसबाट विभिन्न उपभोग्य सामाग्री तयार पार्न सकिन्छ । खासगरी प्लाष्टिक,कपडा लगायत तत्काल नकुहिने फोहोरलाई बर्गिकरण गरि यसलाई रिसाईकल गर्ने मेसिनमा हाल्ने हो अन्य उत्पादन पनि दिन सक्छ । यो रिसाईकल गर्ने मेसिन करिव ५० देखी ६० लाख रुपैँयामा आउने छ । यदी यो मेसिन अहिले भएको परियोजना स्थलममै जडान गर्ने हो भने त्यस्ता नकुहिने फोहोरबाट घर निर्माणमा प्रयोग ब्लक बनाउन सकिन्छ । यदी त्यसो पनि भएन भने खरानी बनाएर मल समेत बनाउन सकिन्छ । यदी यो काम गर्ने हो भने ल्याण्ड फिल्ड साईडनै चाहिदैन । वातावरण पनि स्वच्छ हुन्छ । पुर्नकालागि कुनै जमिन चाहिदैन । सुन्य ल्याण्ड फिल्डमा दमकको फोहोर संकलन निरन्तर चल्न सक्छ ।
यदी दमक नगरपालिकाले करिव डेढ करोड रुपैँया बजेट बिनियोजन गर्ने हो र यती दुई वटा मेसिन मात्रै खरिद गर्ने हो भने दमकमा सुन्य ल्याण्ड फिल्डमा फोहोर संकलन हुने स्थिती देखिन्छ ।
तर सहयोगमा आएको मेसीन जडानमै दमक नगररको असहयोग
दमकमा अहिले आदा दर्जनको हाराहारीमा हस्पतालहरु छन् । सयौको आसपासमा मेडकल तथा फार्मेसीहरु छन । यी सबै क्षेत्रबाट अस्पतालजन्य फोहोर उत्पादन हुने गर्छन । केहि अस्पताल बाहेक अन्यले यहाँबाट उत्पादन भएका फोहोरलाई पोको पारेर सडकको पेटिमा वा खोलामा लगेर फाक्ने गरेको भिटिन्छ । यसले वातावरणमा असर पार्नुका साथै अन्य बिभिन्न स्वास्थ्य सम्बन्धी समस्या सिर्जना गराइरहेको छ । यस्तो समस्या नहोस भन्नकालागि सेभ द चिल्डे«ेनले यहाँ फोहोर व्यवस्थापनको काम गरिरहेको नेक्स्ट इरा इनर्जीलाई अस्पतालजन्य फोहोरको निर्मलीकरण गर्ने मेसिन सहयोग स्वरुप दिएको छ । यो मेसिनको जडान दमक नगरपालिकाले गरिदिने सर्त छ । तर सो सर्त समेत भुलेर दमक नगरपालिकाले त्यो मेसिन प्रयोगमा ल्याउनबाट रोकीरहेको छ ।
दमक नगरपालिकाका वातावरण शाखाका अधिकृत द्रोण थापा भन्नु हुन्छ ‘हामीले गर्ने भनिएका कामहरु गरिसकेका छौ अव त्यो मेसिनको प्राविधक आएर जोड्ने काम मात्रै बाँकी छ । उहाँका अनुसार सो मेसिन राख्न आवश्यक पर्ने भवन, खानेपानी तथा बिजुली जडानको काम सकिएो छ । अव मेसिनको बिज्ञ व्यक्तिहरु आएर जडान गरेपछि त्यो मेसिन चल्न थाली हान्ले छ ।