दमक/
झापाको दमक नगरपालिका वडा नं ७ स्थित रेडक्रस देखी पूर्व पट्टि रतुवा नदि छ । यो नदिको किनारमा भूमिहिनहरुको बसोबास छ । यो बस्ती जोगाउनकालागि यही बस्तिको पूर्व तटबन्धन निर्माण पनि हुँदै छ । यसै गरि यो बस्तिको बाटो तथा दमक ७ कै पुराना बाटो मध्येको एक रेडक्रस देखी उत्तर हनुमान मन्दिर सम्मको सडक अहिले धमाधम कालोपत्रे हुँदै छ । ५० फुटे यो बाटोमा यहाँ बसेको अव्यवस्थित बसोबासीले अतिक्रमण समेत गरेका थीए । तर अहिले ती सबैलाई व्यवस्थापन गर्दै सडकको आफ्नो आकारमा यसको कालोपत्रे सहितको स्तर उन्नती भइरहेको दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष तथा नगरपाकिलाको भौतिक पूर्वाधार समितीका अध्यक्ष भीम पौडेलले जानकारी दिनु भयो ।
वडाको पहलमा नगरपालिकाको आन्तरीक श्रोतको बजेटबाट यो बोटो बनिरहेको छ । कुल १ करोड ५० लाख रुपैँयामा इस्टमेट गरिएको यो सडक निर्माण कम्पनीको घटघाघटबाट अहिले १ करोड ३२ लाख रुपैँयामा काम भइरहेको छ । यसको काम अवको केहि दिनमै समापन गर्ने गरि लागीएको वडाध्यक्ष पौडेलले उल्लेख गर्नु भयो ।
यो सडकमामा खासगरी बर्खाको बेलामा रतुवाको भेल आएर भत्काउने तथा डुबानको चपेटामा परिरहेको थियो । तर अहिले यसको पूर्व पट्टि तटबन्धनको निर्माण समेत भइरहेकोले यसको सुरक्षा समेत हुन सक्ने जनाइएको छ ।
भिडियोमा हेरौ