‘वेस्ट पेपर’बाट ‘यूजेज पेपर’ बनाउन सिक्दै विद्यार्थी (भिडियोमा हेरौ)

दमक/
तपाईहामीले लेखीसकेका कपी वा अन्य कागज के गछौ ? जवाफ सामान्य छ । कि डढाउँछौ, कि अत्यन्तै न्यूनमम पैसामा कवाडीलाई बेचि दिन्छौ । वा यत्तीकै फाल्ने गछौ ।

तर झापाको कमल ५ मा रहेको स्मारिका सामुदायीक अग्रेजी माद्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई खेर जाने त्यस्ता कागजको सहि सदुपयोग गराउने तरीका बारेमा सिकाएको छ ।

यो सिकाई कुनै मौखिक वा सैदान्तीक जानकारी गराएर मात्रै हैन । विद्यार्थीलाईनै सँगसँगै राखेर उनीहरुको सहभागीतामा खेर जाने कागजलाई पूःन प्रयोग गर्न मिल्ने कागज बनाउन सिकाइरहिएको छ ।
यही विद्यालयको कक्षा ६ मा अध्ययनरत समीज्ञा शाहले खेर जाने कागजलाई फेरी प्रयोग गर्न मिल्ने गरीको बनाउने तरीका सिक्नु भयो । त्यसका विभिन्न प्रक्रियाबारे बताउँदै शाह भन्नु हुन्छ हामीले नयाँ कुरा सिक्न पायौ ।

प्रयोग गरिसएिको एउटा कागज, त्यो कागजलाई च्यातेर साना साना टुक्रा बनाइएको छ । ती टुक्रा कागजलाई एउटा बक्सभीत्र हाल्ने । त्यसरी संकलन भएको टुक्रे कागजलाई ग्रेण्डर मेसिनमा हालेर धुलो बनाउने । धुलो बनेको त्यो पेपरलाई थोरै पानीमा हालेर घोल्ने । त्यसलाई एउटा पिठो छान्ने जालीमा हालेर छान्ने । छानेर बाँकी रहेको स साना कागजका कणहरुलाई एकिकृत गरी एउटा कार्टन ओछ्याएर घाममा सुकाउने । केहि बेर घाममा सुकिपछि त्यो फेरी प्रयोग गर्न मिल्ने कागज बन्ने अर्का विद्यार्थी आयूश कार्की बताउनु हुन्छ ।

विद्यार्थीहरुमा एउटा कौतुहोलता हुन सक्छ कि आफुहरुले लेखिसकेको पेपर के गरिन्छ भन्नेबारेमा । त्यसलाई के रिसाईकल गरेर फेरी प्रयोग गर्न मिल्ने गरिको सामाग्री आफैपनि बनाउन सकिन्छ भन्ने उनीहरुको कौतुहलतालाई पुरा गराउन विद्यालयले यस प्रकारको सिकाई राख्यो । विद्यालयका शिक्षक सुमन निरौला भन्नु हुन्छ ‘यसबाट विद्यार्थीहरुले किताव देखी बाहिरको ज्ञान सिके, प्रयोग बिहिन कागजको रिसाईकलको बिधि सिके र यसले वातावरणमा पार्ने प्रभावका बारेमा समेत सिके । ’

विद्यार्थीहरुलाई सिर्जनशिल बनाउन अधिकतम अभ्यासमा लगाउने काम विद्यालयले गरिरहेको छ । कितावमा भएका पाठबाट मात्रै नभएर बाहिरी विषयको ज्ञान पनि विद्यार्थीलाई दिन सक्ने हो भने मात्रै विद्यार्थीहरु अव्वल बन्न सक्छन् भन्ने सोचका साथ यस प्रकारका कार्यक्रम गर्ने गरिएको विद्यालयका प्रीन्सपल गुणराज गिरीको भनाई छ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो