दमक/
उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) झापाको अध्यक्षमा दमक स्थित आस्था कलेजका प्रमुख टेकनाथ भण्डारी चयन हुनु भएको छ ।
मोरङको लेटाङमा सम्पन्न अधिबेशनले अध्यक्षमा भण्डारी सहित ब उपाध्यक्षमा खेम भण्डारी , उत्तम खनाल सचिब देबेन्द्र हुमागाई ,सह– सचिब भाष्कर निरौलालाई चयन गरेको हो ।
यस्तै सदस्यहरुमा सन्देश ओली, चन्द्र खनाल,सुरेन्दमूर्ति पन्न,जीवन शिवाकोटी, प्रमिला बजगाई ,कपिल क्षेत्री, प्रकाश भण्डारी चयन भएका अधिवेशन प्रतिनिधि राजेन्द्र अधिकारीले जानकारी दिनु भयो ।
हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कोशी प्रदेश अध्यक्ष ज्ञानु खड्का ,मोरङ अध्यक्ष अमित ढकाल र वरिष्ठ उपाध्यक्ष टिएन तिम्सिना लगायतले शुभकामना राख्नु भएको थियो ।
चन्द्र खनालले स्वागत गरेको कार्यक्रममा सहभागीहरुले सरकारले ल्याएको शिक्षा विधेयकका विषयमा स्पष्ट कुरा राखेका थिए ।
हिसान कक्षा ११र१२ संचालकहरुको साझा संस्था हो ।