उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ झापाको अध्यक्षमा टेकनाथ भन्डारी

दमक/

उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) झापाको अध्यक्षमा दमक स्थित आस्था कलेजका प्रमुख टेकनाथ भण्डारी चयन हुनु भएको छ ।

मोरङको लेटाङमा सम्पन्न अधिबेशनले अध्यक्षमा भण्डारी सहित ब उपाध्यक्षमा खेम भण्डारी , उत्तम खनाल सचिब देबेन्द्र हुमागाई ,सह– सचिब भाष्कर निरौलालाई चयन गरेको हो ।

यस्तै सदस्यहरुमा सन्देश ओली, चन्द्र खनाल,सुरेन्दमूर्ति पन्न,जीवन शिवाकोटी, प्रमिला बजगाई ,कपिल क्षेत्री, प्रकाश भण्डारी चयन भएका अधिवेशन प्रतिनिधि राजेन्द्र अधिकारीले जानकारी दिनु भयो ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कोशी प्रदेश अध्यक्ष ज्ञानु खड्का ,मोरङ अध्यक्ष अमित ढकाल र वरिष्ठ उपाध्यक्ष टिएन तिम्सिना लगायतले शुभकामना राख्नु भएको थियो ।

चन्द्र खनालले स्वागत गरेको कार्यक्रममा सहभागीहरुले सरकारले ल्याएको शिक्षा विधेयकका विषयमा स्पष्ट कुरा राखेका थिए ।

हिसान कक्षा ११र१२ संचालकहरुको साझा संस्था हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार

झापा, मंसिर २७ । झापाको कमल गाउँपालिका वडा न।५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । उपचारका लागि ल्याएका उनीहरु

सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

दमक,२७ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष

मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

दमक,२७ मंसिर ।  मोरङमा जंगली हात्तीको आक्रमणबाट दूध बिक्री गर्न हिँडेका पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ काफ्ले टोलका ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु