दमकमा विद्यार्थीलाई न्यानो कपडा, २ लाख रुपैँयाको अक्षय कोष, हरेक विद्यालयमा योग शिक्षा पुर्याइने (भिडियो हेरौ)

दमक/
झापाको दमक ५ मा रहेको दिपिनी आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

वडा कार्यालय र यहाँ रहेको योग साधना समितीले संयूक्त रुपमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

वडाध्यक्ष इन्द्र गुरुङका अनुसार यहाँ अध्ययन गरीरहेका २ सय ६० जना विद्यार्थीहरुलाई एकमुस्ट न्यानो कपडा वितरण गरिएको छ । जसमा योग साधनाको तर्फबाट ५० थान र वडा कार्यालयको तर्फबाट २ सय १० थान गरि सबै विद्यार्थीहरुलाई स्विटर सहितको न्यानो कपडा वितरण गरिएको हो । यसले न्यानो कपडाको अभावमा विद्यालय आउन बञ्चित बनेका विद्यार्थीहरुलाई पठन पाठनमा सहज हुने विस्वास वडा कार्यालयको रहेको वडाध्यक्ष गुरुङले बताउनु भयो ।

यसै गरि विद्यालयमा आफ्नो छोराको नाममा २ लाख रुपैँया अक्षय कोष स्थापना गरिएको छ । दमक ५ निवासी निशा लावती पोखरेलले आफ्नो छोराको अहीम पोखरेलको नाममा २ लाख रुपैँया बराबरको अक्षय कोष स्थापना गरेको जानकारी दिनु भयो । साथै उहाँले यहाँ अध्ययन गर्ने १० जना विद्यार्थीलाई किताव बोक्ने झोला पनि प्रदान गर्नु भएको छ ।भने एक जना जेहेन्दार विद्यार्थीलाई नगद १५ हजार रुपैँया समेत हस्तान्तरण गर्नु भएको छ । यसले विप्पन्न तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक निरन्तर्तामा सहज हुने विद्यालयका प्रधानाध्यापक शेष कुमार निरौलाले जानकारी दिनु भयो ।

काशी प्रदेशका प्रदेश सभा सदस्य होम बहादुर थापाको प्रमुख आतिथ्थ्यतामा सम्पनन भएको कार्यक्रममा सांसद थापाले यस प्रकारका अक्षय कोषले सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको क्षमता र प्रतिभाको मुल्यांकन गर्न सहज हुने बताउनु भयो ।

साथै दिपिनी योग साधाना केन्द्रले यहाँ रहेका विद्यार्थीहरुलाई केहि बेर योग समेत सिकाएको छ । यसलाई एउटा सिकाईको पाटोको रुपमा नै विकास गराउँदै दमकमा रहेका हरेक विद्यालयमा पुर्याउने लक्ष्य राखीएको पतञ्जली योग साधना केन्द्र दमक नगर कमिटीका उपाध्यक्ष किरण उप्रेतीले जानकारी दिनु भयो ।

भिडियो हेरौ

https://youtu.be/gj84KJw99qI

Share: