दमक/
झापाको दमकमा रहेका निजि तथा सामुदायीक विद्यालयहरुको हाताभित्र विभिन्न पुस्तक तथा स्टेसनरीका सामान बिक्रि वितरणमा रोक लगाइएको छ ।
दमक नगरपालिकाले आज परिपत्र जारी गर्दै यस प्रकारको रोक लगाएको हो ।
जारी गरिएको परिपपत्रमा भनिएको छ ‘विद्यालयहरुले विद्यालय हाताबाट व्यवसायिक रुपमा पाठ्यपुस्तक तथा शैक्षिक सामग्री खुलेआम विक्रि वितरण भईरहेकोले गैह कानूनी कार्य नगर्नु नगराउनुहुन अनुरोध छ ।’
शिक्षा नियमावली (संसोधन सहित) २०५९ को नियम ३७ तथा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका (संसोधन सहित) २०६९ को परिच्छेद ४.४ को ७ मा भएको व्यवस्था विपरित कतिपय विद्यालयहरुले विद्यालय हाताबाट व्यवसायिक रुपमा पाठ्यपुस्तक तथा शैक्षिक सामग्री खुलेआम विक्रि वितरण भईरहेको गुनासो नगरपालिकामा आएपछि यस प्रकारको परिपत्र जारी गर्नु परेको दमक नगरपालिकाका प्रमुख प्रशाषकीय अधिकृत गणेशराज कार्कीले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरले गत जेठ १ गतेनै सबै विद्यालयको नाममा बिद्यालय हाताबाट शैक्षिक सामग्री विक्रि वितरण नगर्ने नगराउने सम्बन्धको परिपत्र नगरपालिकालाई पत्र पठाएको थियो ।
त्यसैगरि पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा झापाको गत माघ ७ गते यस विद्यालय हाता भित्र भइरहेका गैरकानुनी कदम रोक्न भन्दै ज्ञापन पत्र समेत दिएपछि नगरपालिकाले यस्तो परिपत्र जारी गरेको हो ।
शिक्षा नियमावली (संसोधन सहित) २०५९ को नियम ३७ तथा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका (संसोधन सहित) २०६९ को परिच्छेद ४.४ को ७ मा भएको व्यवस्था विपरित कतिपय विद्यालयहरुले गैरकानुनी काम गरिरहेकोले यसलाई रोक्न नगरपालिकाले पत्रचारनै गरेको कार्कीले बताउनु भयो ।










