दमक ५को हाजीरीजवाफ र वकृत्वकलामा कोको भए बिजेता ? भिडियोमा हेरौ

दमक/
दमक नगरपालिका वडा नं ५ को वडा बाल सञ्जालले नगर स्तरीय बकृत्वकला र हाजीरीजवाफ प्रतियोगीता सम्पन्न गरेको छ ।
दिपिनी आधारभूत विद्यालयमा भएको दुवै प्रतियोगिता सम्पन्न गर्न वडा नं ५ को कार्यालयले सहयोग गरेको थियो ।

विद्यार्थी भित्र रहेको वाककलाको प्रस्फुटन गर्ने सामान्य ज्ञान सम्बन्धी उनीहरुको जानकारी परिक्षण गर्न यस प्रकारको प्रतिभा आयोजना गरिएको वडा नं ५ को वडा बाल सञ्जालका सचिव दिवस वाग्लेले बताउनु भयो ।

हाजीरीजवाफ प्रतियोगिताले बालबालिकाको स्मरण शक्तिको परिक्षण गर्न मद्यत गरेको छ । भने वक्तृत्वकला प्रतियोगिताले तोकिएको विषयमा विद्यार्थीहरुको दृष्टिकोण झल्कने गरेको छ ।

वक्तृत्वकलामा विद्यार्थीहरुले उठाएका विषय र उनीहरुको प्रस्तुती निकै गहकिलो र वडाले बनाउने योजनामा समेटन योग्य विषयहरुको समेत समावेश भएकोले आफुहरुको ध्यानाकर्षण भएको वडा नं ५ का वडासदस्य गोपाल कृष्ण संग्रौलाले बताउनु भयो ।

शुक्रबार सम्पन्न भएको प्रतियोगिता अन्तर्गत हाजीरिजवाफ प्रतियोगितामा हिमज्योती माद्यमिक विद्यालय प्रथम, हिमालय माद्यमिक विद्यालय द्धितिय र झापा मोडल अग्रेजी माद्यमिक विद्यालय तृतिय भए ।

यसै गरि वक्तृत्वकला अन्तर्गत झापा मोडल अग्रेजी माद्यमिक विद्यालयका प्रतिक खनाल प्रथम, सुर्योदय अग्रेजी माद्यमिक विद्यालयका इशान केरुङ दृतिय हुदा भृकुटि माद्यमिक विद्यालय दमककी भूमिका लाखे तेस्रो बन्नु भएको वडा सचिव निधि नारायण ढुङ्गेलले जानकारी दिनु भयो ।

भिडियोमा हेरौ

Share: