कसरी चलीरहेको एस इ इ परिक्षा, निरिक्षणमा पुगेको सरकारी सम्यन्त्र के भन्छ?(भिडियोमा हेरौँ)

दमक/
अहिले २०८० को माध्यमिक शिक्षा परीक्षा (एस ई ई) सञ्चालन भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि परीक्षा सुरु गरेको हो । परिक्षा चैत २७ गतेसम्म हुने छ ।

अहिले देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थी एस ई ई परिक्षामा सहभागी भएका छन् ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले दिनुभयो ।

 

उहाँका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।
परीक्षा नियन्त्रक पौडेलका अनुसार परीक्षा व्यवस्थित र मर्यादित बनाउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको छ । एउटा परीक्षा केन्द्रमा एकको दरले २ हजार ६४ जना परीक्षा केन्द्राध्यक्ष, १ सय ५० विद्यार्थी बराबर १ जना सहायक केन्द्राध्यक्ष, २० जना बराबर १ जनाको दरले निरीक्षक खटाइएको छ ।

 

एउटा परीक्षा केन्द्रमा १५ जना सुरक्षाकर्मी परिचालन हुने कार्यालयले जनाएको छ । यस अनुसार ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन हुनेछ । त्यस्तै २५ हजार २ सय २२ जना परीक्षा नियन्त्रक खटिने कार्यालयले जनाएको छ । एक सय विद्यार्थी बराबर १ जनाको दरले ५ हजार ४५ परीक्षा सहायक, ५० जना विद्यार्थी बराबर १ जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटिएका छन् ।

यही क्रममा क्रममा कोशी प्रदेशको सामाजीक विकास मन्त्रालयले परिक्षाको अनुगमन तथा निरिक्षण पनि गरेको छ । निरीक्षण गर्दै झापाको दमक आइपुग्नु भएका मन्त्रालयको उच्च माद्यमिक शिक्षा महाशाखाको महाशाखा प्रमुख फणीन्द्र खत्रीलाई प्रश्न गर्यौ‘ परिक्षा कसरी सञ्चालन भइरहेको रहेछ ? ’

 

खत्रीका अनुसार अहिले सम्म कोशी प्रदेशका केहि जील्लामा गरीएको निरिक्षण अनुसार शान्त्त, सुरक्षीत र मर्यादीत ढंगले परिक्षा भइरहेको छ । स्थानीय जनप्रतिनिधी समेत सगै हिडाइएकोले यहाँका अभाव र समस्याहरुका बारेमा उहाँहरुलाई अवगत गरादै त्यसको सुधारमा ध्यान समेत दिन अनुरोध गरिएको खत्रीले बताउनु भयो ।

यसै गरी दमक नगरपालिकाकी उप प्रमुख तथा यहाँ रहेको शिक्षा समिती, शिक्षा शाखाका कर्मचारीहरुको पनि अनुगमननमा उपस्थिती रहेको थियो । उप प्रमुख भट्टराईले दमकका परिक्षा केन्द्रहरुमा शान्त्त ढंगले परिक्षा चलीरहेको प्रतिकृया दिनु भएको छ ।

भिडियोमा हेरौ

(11) कसरी चलीरहेको एस इ इ परिक्षा, निरिक्षणमा पुगेको सरकारी सम्यन्त्र के भन्छ? – YouTube

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ