दमक/
झापाको कमल गाउँपालिका वडा नं ६ निवासी फुलमुनी मुर्मुको सपना छ एक कुशल कम्प्यूटर अपरेटर बन्ने । तर यो सपना पुरा गर्न कम्प्यूटर सम्बन्धीका बिभिन्न ज्ञानहरु सिक्नु पर्छ । सिक्न त मन हो तर सिकेको शुल्क तिर्ने स्थिती परिवारको छैन । त्यसैले उहाँ निशुल्क कम्प्यूटर अपरेटर पढ्ने ठाउँ खोजीरहनु भएको थियो ।
यही बेलामा उहाँले सामाजीक सञ्जालमा पुष्प धिरेन्द्र स्मृती प्रतिस्ठानको बिज्ञापन देख्नु भयो । र अहिले उहाँ बिना शुल्क त्यो पनि अनुभवी प्रशिक्षकहरुद्धारा सुविधा सम्पन्न प्रयोगशालामा बसेर कम्प्यूटरको प्री डिप्लोमा क्लास लिइरहनु भएको छ ।
यो पढिसकेपछि नगद पनि पाइने र रोजगारको समेत सुनिश्चित भएकोले तन मन लगाएर पढिरहेको मुर्मुले प्रतिकृया दिनुभयो ।
यस्तै दमक ८ का एञ्जल वर्देवा पनि यहाँ क्लास लिरहनु भएको छ । यहाँ कम्प्यूटरको प्री डिप्लोमा सिकेर आफुलाई कम्प्यूटर अपरेटर बनाउने उहाँको लक्ष्य छ ।
यो लक्ष्य पुरा गर्न उहाँलाई पुष्प धिरेन्द्र स्मृति प्रतिस्ठान बहुप्राविधिक शिक्षालयले मद्धत गरीरहेको छ । किनकी उहाँले पनि यहाँ निशुल्क क्लास पाउनु भएको छ र सिकेपछि आफुले काम पाउने कुरामा पनि निर्धक्क पनि हुनुहुन्छ ।
३ वर्षमा विद्यार्थीलाई ९६ लाख वितरण
यहाँ यसरी निशुल्क कक्षा कम्प्यूटरको प्रि डिप्लोमामा मात्रै नभएर सिभिल इन्जीनियरीङ तथा अन्य प्राविधिक विषयमा पनि पढाई हुन्छ । अनी यसरी पढ्ने अवसर यो वर्ष मात्रै आएको पनि हैन । विगत ३ वर्ष देखी यहाँ यसरी निशुल्क कक्षा सञ्चालन भइरहेको छ ।
यसरी निशुल्क प्राविधिक उत्पादन गर्दै यही रोजगार सिर्जना गराउनु पर्ने भन्ने उद्धेस्यका साथ पुष्प धिरेन्द्र स्मृती प्रतिस्ठान दमक १ मा दिगो तथा सम्मानीत रोजगारीकालागी सिप परियोजना ‘इन्स्योर’सग सहकार्य गरेर कक्षा सुरु भइरहेको छ । यहाँ अहिले पनि कार्यगत अभ्यास अर्थात रोजगारसगै अध्ययन गराइन्छ । यो १ हजार ६ सय ९६ घण्टाको कक्षा हो । अर्थात २ वर्षको ।
यस शिक्षालयले यस प्रकारको कक्षा गराएर विद्यार्थीहरुलाई बिभिन्न ठाउँमा रोजगार बनाउनुका साथै पढिसकेपछि दिइने रकमले विद्यार्थीलाई सहज बनाइरहेको अध्यक्ष तीर्थराज बस्नेतले जानकारी दिनु भयो । ‘तीन जना मिलेर एउटा कोठामा बस्नु भयो भने दिनको एक सयकै दरलेपनि उहाँहरुले यहाँ पढेको भत्ता पाउँदा दिनमा ३ सय रुपैँया आयो । यो भनेको महिनाको न्यूनतम पनि ८ हजार रुपैँया हो ।
सामान्य ढङ्गले चल्दा यती खर्चले दमकमा खान र बस्नै पनि पुर्याएर कतिपय विद्यार्थीहरुले पढिरहनु भएको छ । उहाँहरुकालागी यो रकम कति महत्वपूणर् भयो भन्नुस त ।’ उज्यालो खवरसँग कुरा गर्दै बस्नेतले भन्नु भयो साथै यहाँबाट पासआउट हुने बित्तिकै बिभिन्न सघं सस्था, ब्यापारीक प्रतिस्ठानहरुलाई आवश्यक पर्ने कम्प्यूटर सम्बन्धीका प्राविधिक अनी सहायक अनमी लगायतको काम पनि गरीरहेका छन् । यसलाई उपलब्धी मान्ने कि नमान्ने ? बस्नेतको प्रश्न छ ।
अहिले सम्म अर्थात ३ वर्षको अवधिमा करिव ९६ लाख रुपैँया नगदनै विद्यार्थीलाई बाढिसकेको र त्यो रकमले उनीहरुलाई सुरुमा रोजगारमा लाग्न मद्यत पुगीरहेको विस्वास गरीएको छ । विद्यार्थीहरुले यहाँ सिकेको सिपबाट जुनसुकै ठाउँमा पनि गएर सहजै रोजगार पाउने गरेको पनि उहाँले बताउनु भयो ।
यो कार्यक्रम सञ्चालन गर्न कोशी इन्स्योर परियोजनाका साथै कोशी प्रदेश सरकार तथा दमक नगरपालिका लगायत निकायबाट सहयोग प्राप्त हुने गरेको छ ।
भिडियो हेरौ
https://fb.watch/szXwNJAAhH/










