दमक/
ब्यानरमा लेखीएको थियो उप–प्रमुखसग बालबालिका कार्यक्रम २०८१ । बालबालीका के सिकिरहेका छन् ? समाजलाई कसरी बुझिरहेका छन् ? स्थानीय सरकारसग उनीहरुले गर्ने अपेक्षाहरु केहि हुन सक्छ ? वा उनीहरु कुनै कुलतमा फस्न थालेका पो छन् कि ? वा कुनै दुव्र्यसनीमा लाग्दै छन् ? यसबारेमा बालबािलकासगनै संवाद गरेर दमक नगरपालिकाले यसको स्थिती बुझ्ने प्रयास गरेको छ ।
यही सन्दर्भमा दमक ६ मा रहेको सुर्योदय अग्रेजी माद्यमिक विद्यालयमा एउटा कार्यक्रम राखीयो । कार्यक्रममा दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख उपस्थिती रहेको थियो । कार्यक्रमको सुरुवातमा बोल्दै उप प्रमुख भट्टराईले भन्नु भयो स्थानीय सरकार भनेको के हो ? स्थानीय सरकारसग बालबालिकालाई कसरी जोड्ने भन्ने बारेमा बुझाउन उप प्रमुखसग बालबालिका कार्यक्रम सुरु गरिएको हो ।’
खास गरेर पछिल्लो समय बालबालिकाहरु साईवर क्रमईममा पनि फसीरहेका छन् । त्यसतर्फ सजग गराउन समेत यो कार्यक्रमले भूमिका निर्वाह गर्यो । बालबालीका साईवर क्राईम र लागुपदार्थको दुव्र्यसनीमा कसरी फसीरहेका छन ? आफु त्यो लतमा लागेको कुरा कसरी थाह पाउने ? र अव कसरी निस्क्ने भन्नेबारेमा कार्यक्रमको सहजकर्ताको रुपमा आमन्त्री विरेन्द्र शाहले जानकारी गराउनु भएको थियो ।
यसपछि कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले आफ्ना कुरा राख्न थाले । उनीहरुले बालबालिकामाथी अझैपनि कुटपिट हुने गरेको कुरा उठान गरेका थीए । भने कतिपय विद्यार्थीले स्थानीय सरकारले सामुदायकी विद्यालय र त्यहाँ अध्ययन गर्ने विद्यार्थी लक्षीत मात्रै किन कार्यक्रम बनाउने गरेको भन्दै प्रश्न गरेका थीए । साथै केहि विद्यार्थीले नगरमा रहेका हरेक बालबालिकाहरुले बाल अधिकारको प्रयोग गर्न पाएका छन् त भन्दै प्रश्न गरेका थीए भने कसैले बालबालिका लागुपदर्थ दुव्र्यसनीमा फसीरहेको तर्फ सचेत पनि गराएका थीए ।
यसरी विद्यार्थीहरुलाई उनीहरुको काम कर्तव्य र अधिकारका बारेमा सिकाउँदै, स्थानीय सरकारसग बालबालीकाको समन्वय बढाउन पनि यो कार्यक्रम महत्वपूर्ण बनेको उप प्रमुख भट्टराईको भनाई छ।उहाँले भन्नु भयो सरकारका तीन तहले विभिन्न प्रयास गरेर बाल अधिकारको संरक्षण गर्ने काम गरिरहेको छ । बालमैत्री नगर बनाउने अभियन चलीरहेको छ । हरेक क्षेत्रमा बालबालिकाको अधिकारलाई सुनिश्चित गराउन हामी कर्तव्य निष्ठ भएर काम गर्ने छौ ।
यो कार्यक्रम यो आर्थीक वर्ष चाहि दुईवटा विद्यालयमा सम्पन्न भयो । निजी विद्यालय तर्फ सुर्योेदय माद्यमिक विद्यालय र सामुदायीक तर्फ ढुकुरपानी माद्यमिक विद्यालयमा यो कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष यसरीनै विभिन्न विद्यालयमै गएर नगरपालिकाले उप प्रमुखसग बालबालिका कार्यक्रम चलिरहेको छ । यो नगरपालिकाको बार्षिक कार्यक्रममै पर्दै गर्छ ।









