दमक/ रोटरी क्लव अफ दमकले यहाँ रहेको एक सामुदायीक विद्यालयकालागी शैक्षिक सामाग्री प्रदान गरेको छ ।
दमक ४ मा रहेको जनेचना आधारभूत विद्यालयमा बालकक्षाकालागी आवश्यक पर्ने विभिन्न खेल सामाग्रीका साथै पढ्न आवश्यक पर्ने पुस्तक एवं पुस्तकालाय बनाउन मिल्ने गरीको दराज समेत वितरण गरीएको छ ।
क्लवका अध्यक्ष पदम बरालका अनुसार यी सामाग्री दिनु अघी विद्यालयमा यस सम्बन्धीको आवश्यकता छ वा छैन भन्नेबारेमा निरिक्षण गरिएको र निरिक्षण पछि आवश्यकताको महसुस गरेर सहयोग गरिएको हो । यस खाले सहयोग रोटरीको तर्फबाट निरन्तर भइरहने पनि उहाँले जानकारी दिनु भयो ।
यहाँ रहेका विद्यार्थीहरुलाई यस प्रकारको शैक्षिक तथा खेलका सााग्रीको अभाव भइरहेको थियो । जसले गर्दा विद्यार्थीहरुको सिकाईमा केहि अवरोध समेत भइनै रहेको थियो । अव यस्ता सामाग्री विद्यालयले प्राप्त गरेपछि खेल्नैकालागी पनि बालकक्षाका विद्यार्थीहरु विद्यालय नियमीत आउन सक्ने र यसले उनीहरुको शैक्षिक सुधारमा मद्यत पुग्ने विस्वास विद्यालयका प्रधानाध्यापक मान बहादुर धिमालको भनाई छ ।
दमक नगरपालिका वडा नं ४ को पनि ग्रामीण क्षेत्रमा रहेको यो विद्यालयमा अधिकांश विप्पन्न परिवारका छोरछोरी अध्ययन गर्ने गर्दछन् । विप्पन्नहरुले पनि पर्याप्त शैक्षिक तथा खेलकुद सामाग्रीका साथमा अध्ययन गर्न सकुन भन्ने उद्धेस्यले यो यी सामाग्री वितरण गरीएको क्लवले जनाएको छ ।
कार्यक्रममा रोटरी डिस्ट्रीक नेपाल ३२९२ का एसिस्टेयट गभर्नर सन्दिप चापागाई(दिपु), रोटरी क्लव अफ दमक वर्ष २०२४/२५ का लागी अनुमोदीत अध्यक्ष बिक्रम शाह , त्यसपछि अध्यक्षको लाईनमा रहनु भएका केशव अग्रवाल लगायत रोटरीयनहरुको सहभागीता रहेको थियो ।
भिडियो हेरौ










