गौरव लिम्बु
दमक/ झापाको दमक ४ स्थित कृष्णमन्दिरमा रहेको कृष्ण माद्यमिक विद्यालयमा अध्ययन गरिरहेका एक सय चार जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
दमकमा रहेको सानो प्रयास यूवा समाज र लायन्स क्लव अफ दमक गरिमाले संयूक्त रुपमा ती सामाग्री वितरण गरेका हुन ।
सोमबार विद्यालयमा औपचारीक कार्यक्रमको आयोजना गरी प्रति विद्यार्थीलाई ५ वटा कपि सहित अन्य शैक्षिक सामाग्री प्रदान गरिएको सानो प्रयास यूवा समाजका अध्यक्ष छवी खतिवडाले जानकारी दिनु भयो ।
साथै ३२ जना बिध्यार्थिलाई अंग्रजी माध्यमको पुस्तक पनि बितरण गरीएको छ । यी सामाग्री वितरण गरेपछि लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का एरिया को अर्डीनेटर नेत्र चौलागाईले भन्नु भयो यसको सहि सदुपयोग होस । विद्यार्थीले यसको प्रयोग कसरी गरीरहेका छन् भन्नेबारेमा विद्यालयले पनि निगरानी गरोस । ’
सामुदायीक विद्यालयका लक्षीत वर्गलाई वितरीत शैक्षिक सामाग्रीले समाजले सामुदायीक विद्यालय प्रति सकरात्मक दृष्टिकोणले हेरिरहेको र यसले यहाँको शिक्षा सुधारमा महत्वपूणर् योगदान गर्ने विद्यालयका प्रधानाध्यापक करन धिमालले बताउनु भयो । शैक्षिक सामाग्री खरिद गर्न नसक्ने विद्यार्थी तथा अभिभावकलाई यो कार्यक्रमले फाईदा मिलेको उहाँको भनाई छ।
कार्यक्रममा लायन्सका बिभिन्न तहका नेतृत्वहरुको उपस्थिती रहनुका साथै सानो प्रयास यूवा समाजका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।










