एस इ इ टपरको अनुभव

एस इ इ टपर बस्नेतको अनुभव‘पढ्दा विषयलाई घटना सम्झेर कल्पना गर्नुस,आफै याद हुन्छ’

Kushika basnet (1)

दमक/ भर्खरै सार्वजनिक भएको एस इ इ परिक्षामा टपर रहेकी झापाकी कुशीका बस्नेतले आफ्नो परिक्षाको तयारीका बारेमा सार्वजनिक गर्नु भएको छ ।

उज्यालो खवरसग संक्षीप्त संवाद गर्दै बस्नेतले भन्नु भयो ‘कुनैपनि किताव पढ्दा अक्षरसगै घटनाको कल्पना गर्नुहोस त्यो कहिलै बिर्सिदैन । ’ आफुले पनि परिक्षाको तयारी गर्दा सोहि अनुसारनै तयारी गरेकोले परिक्षामा लेखन सहज भएको उहाँको प्रतिकृया छ ।

एस इ इ परिक्षामा ४ जिपिए ल्याएर टप बनेकी बस्नेत सुरुदेखीनै यो लक्ष्यमा पुग्न मिहनत गरेको बताउनु भयो । उहाँले आफ्नो मिहनतमा परिवार, विद्यालय, साथीहरुले समेत सकरात्मक उर्जा दिएका कारण आफुले सफलता हासील गरेको बताउनु भयो ।

उहाँ दमक ७ मा रहेको सिदार्थ अग्रेजी माद्यमिक विद्यालयमा अध्ययन गर्नु हुन्थ्यो । नेपालमै बसेर डाक्टर पढि यहीनै सेवा गर्ने आफ्नो उद्धेस्य रहेको पनि उहाँले सुनाउनु भयो ।

उहाँसगको भिडियो संवाद तलको लिंकमा राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको