दमक/अहिले ११ कक्षामा के पढ्ने भन्नेबारेमा विद्यार्थी अन्यौल भइरहेको स्थिती छ । पढेर के हुन्छ बरु विदेशका भाषा सिकेर जाने हो भने कमाउन त थालिन्छ भन्ने जमात पनि बढ्न थालेको छ । यही जमातको मागलाई ध्यानमा राख्दै अव कलेजकै पाठ्पुस्तकको रुपमा कोरिया र जापनको भाषा पनि पढ्न पाइने भइएको छ ।
तपाईले ११ कक्षामा अनिवार्य गरिएका विषय बाहेक अतिरिक्त विषयमा अव कोरिया वा जापानको भाषा पनि रोजेर पढ्न पाउनु हुने छ । यो पढाइ कुनै इन्स्टिच्यूटमा पढेको जस्तो मात्रै नभएर यसले शैक्षिक प्रमाणपत्रमा समेत उल्लेख हुने भएकोले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत मान्यता पाउने छ ।
यो विषय झापाको दमकमा रहेको आस्था कलेज अफ म्यानेजमेण्टले यहि शैक्षिक सत्र देखि सुरु गर्दै छ । यो कलेजले अन्य विषयकै जस्तो गरी यसका विज्ञ ल्याएर बेग्लै पढाउने छ भने सबैको परीक्षा भएको बेला यी भाषाको पनि परीक्षा हुने छ । अन्तिम परिक्षामा यसको पनि एक सय पुर्णाङककै परीक्षा हुने छ । मार्कसिटमा पनि जापान वा कोरियामा प्राप्त नम्बर एकै ठाउँमा समावेश हुने कलेजका सहायक क्याम्पस प्रमुख टिकाराम अधिकारीले बताउनु भयो ।
यहाँ बढेका पढेका विद्यार्थीहरुसग शैक्षिक योग्यता हुने छ । थप पढ्नु पर्यो भने विदेश पनि जान सके । यदी नेपालमै बस्छु भनेपनि यहाँ च्याउ सरी खुलेका भाषा प्रशिक्षण केन्द्रहरुमा अध्यापन गराउन सके । जापान र कोरीयाबाट आएका पर्यटकहरुको पर्यव्यक्षक भएर काम गर्न सके । अनी नेपालमै स्थापना हुने जापान र कोरीयाका कम्पनीमा काम गर्न पहिलो प्राथमिकतामा पर्न सके । चाहे स्वदेशमा नत्र भनेपनि विदेशै जान पनि सहज होस भनेर आस्था कलेजले यी देशका भाषाको विषय राखेर अध्यापन गराउने काम सुरु गरेको कलेजका अध्यक्ष बलभद्र कोईरालाले बताउनु भयो ।
काम गर्न विदेश जान चाहनेकालागी अहिले कोरीया र जापान आकर्षक गन्तव्य बनिरहेको छ । अझ कोरीयाले त अव कामदार कम विद्यार्थी ज्यादा लैजाने भन्ने निति पनि लिइसकेको छ । पढ्न गएकै विद्यार्थीलाई काममा पनि लगाउने भन्ने योजनाका साथ कोरीयामा यस्तो निती आएको हो ।
त्यसैले अहिले नेपालका गल्ली गल्लीमा कोरीय र जापनमा बोलीने भाषा सिकाउन भन्दै बिभिन्न प्रशिक्षण केन्द्र स्थापना भएका छन् । कोरीया र जापानमा केहि अवधी बसेर आउने र त्यहाँ आफुले जानेको भाषा, रहज सहन, सस्कृती र स्थितीको बारेमा समेत जानकारी दिने अर्थात अनुभव साट्ने माद्यम मार्फत मात्रै यी मुलुकका भाषा सम्बन्धीको प्रशिक्षण हुदै आएको छ ।
विषयगत बिज्ञको अभाव भएपनि अनुभवका प्रशिक्षकहरुद्धारा प्रशिक्षण इन्स्टिच्यूटमा हुने गरेको छ । सिक्ने अवधि, ,कोर्ष, प्रशिक्षण केन्द्रको स्थान, कार्यालयको सज्जी सज्जावट र प्रशिक्षकको अनुभवका आधारमा फरक फरक शुल्क लिएर यो भाषा सिकाइदै आइएको छ ।