दमक/ स्थानीय तहको रुपमा आफ्ना काम र कार्यक्रम अघी बढाउन थालेको ७ वर्ष भयो । विद्यालय तह सम्मको शिक्षा पालिका सरकारलाई दिने भनेर संविधानमा व्यवस्था भयो । सोहि अनुसार दिइयो पनि । तर यसलाई पालिका सरकारले उती प्रभावकारी कार्यान्वायन चाहि गर्न सकेनन् शिक्षक सरुवा, विद्यालय व्यवस्थापन समितीमा पार्टिका कार्यकर्ताको भर्ती गर्ने बाहेकका काममा पालिका सरकारको नेतृत्वमा बस्नेहरुले ध्यान दिनै सकेको पाइदैन ।
दमक नगरमा रहेका २१ वटा सामुदायकी विद्यालयको व्यवस्थापन समिती निर्माणमै पनि राजनैतिक भागवण्डा मिलाएर सहमती गरीयो । अझ सक्ने भए विद्यालयका प्र.अ मा पनि आफ्नै कार्यकर्ता राख्ने थिए । तर त्यो उती खुलेको चाहि छैन । तर शिक्षकहरु विभिन्न राजनैतिक सङ्गठनमा आवद्ध रहेकोले कुन विद्यालयमा कुन संगठनको नेतृत्व रहने र प्र अ बन्ने भन्नेबारेमा सरकारका यी नेतृत्वले राजनैतिक सहमती नगर्लान त्यो चाहि भन्न सकिन्न ।
अहिले सम्म दमक नगरपालिकामा समेत दमकको शिक्षा कस्तो बनाउने भन्नेबारेका अन्यौलता छ । यहाँ के पढ्न आउने ? दमकमा उत्पादीत जनशक्तिको प्रयोग कुन कुन क्षेत्रमा बढि प्रयोग गर्ने ? यहाँ रहेका सामुदायकी तथा सस्थागत विद्यालयको व्यवस्थापन कसरी गर्ने ? शिक्षामा सुधार कसररुी गर्ने भन्ने बारेमा अझै योजना बनिसकेका छैन ।
हामीले दमकको शिक्षाको पेरीफेरीमा रहेर नगरको शिक्षा समितीका अध्यक्ष कुवेर भट्टराईसग संवाद गरेका छौ । उहाँसगको संवादको भिडियो तलको लिंकमा राखीएको छ ।