बोलबम र चतराधाम

साउनको समयः भक्तजनको रोजाई बराहक्षेत्र, बोलबम जानेलाई स्वागत गर्न तयार

 

सुनसरी/ बोलमबमको महिना हो साउन । यो महिना पूर्वको सबै भन्दा महत्वपूणर् तीर्थस्थलको रुपमा बराहाक्षेत्रलाई लिइन्छ । बराक्षेत्र भएर बग्ने सप्तकोशी नदीको पानी धरानको पिण्डेस्वरमा ल्याएर चढाई आफ्नो बोलबम यात्रा पुरा गर्ने चलन छ ।

देशका बिभिन्न स्थलका साथै भारतबाट समेत आउने चतरा तथा बराहक्षेत्र धाम र सप्तकोशी परिसारलाई अहिले सिघार्ने काम सुरु भएको छ । चतरास्थित सप्तकोशी किनारमा रहेको दुर्वासाघाटमा दैनिक सन्ध्याकालीन कौशिकी आरती हुने भएको छ । आरतीका लागि कोशी किनार सरसफाइ गरिएको छ ।

राधाकृष्ण मन्दिर पछाडि रहेको स्नान स्थलमा आज साउन १ गतेदेखि सन्ध्याकालीन आरती सुरु भएको बराहक्षेत्र नगरपालिकाले जनाएको छ ।
नगर प्रहरी र नगरपालिकाका सरसफाइ कर्मचारीको टोलीले आरती स्थलको फोहोर व्यवस्थापन गरिसकेको बराहक्षेत्र नगरपालिकाका नगर प्रहरी कमाण्डर रणबहादुर विष्टले जानकारी दिनुभयो ।

वराहक्षेत्र नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने पूर्वाधारका रुपमा दैनिक आरतीलाई लिइएको नगरपालिकाले जनाएको छ ।
बराहक्षेत्रमा धार्मिक गतिविधि बढाउने समेत उदेश्य रहेको बताइएको छ । नगरले आरतीमा सहभागी हुन आह्वान पनि गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा

दमक नगरको बजेट : यी हुन ५ प्राथमिकता

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममार्फत विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाको

बाँदरबाट बाली जोगाउन मझुवागढी नगरपालिकाद्वारा बजेट विनियोजन

काठमाडौं,१० असार । किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुटाइएको

कार र मोटरसाइकल ठोक्किँदा वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,१० असार । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उहाँकी पत्नी रामपरी यादव घाइते

खुलातर्फ केन्द्रीय सदस्यमा शिक्षामन्त्री पोखरेलको उम्मेदवारी

काठमाडौं,१० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ।चितवनमा आइतबारदेखि

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब