साउने सोमबार शिवालयमा भिडभाड

दमकमा यमान शिव प्रतिमाले गर्‍यो आकर्षण

दमक, ७ साउन / धार्मिक आस्था अनुसार पवित्र महिना मानिने साउन र त्यसमा पनि सोमबारको छुट्टै महत्व रहिआएको छ । साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवको उपासना विशेष र फलदायी मानिन्छ । यही मान्यतालाई आत्मसाथ गर्दै साउनको पहिलो सोमबार विहानैबाट विभिन्न शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ । केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरूमा समेत सोमवारको खास महत्व छ ।

साउन महिनाको सोमबार देशका विभिन्न शिवालय मन्दिरहरुमा झैं झापाको दमकका मन्दिरहरुमा पनि भक्तजनहरु विहानैदेखि पूजाआराधनामा मग्न रहे । दमक ६ स्थित पशुपति मन्दिर, दमक ५ स्थित धनेश्वर मन्दिर सहितमा भक्तजनले भिडभाडकासाथ उसैगरी जल चढाउने काम गरेका छन् । यसबेला धनेश्वर शिव पाञ्चायन मन्दिरमा निर्माण भएको ठूलो आकारको शिव प्रतिमा, त्यहाँ रहेका १०८ शिवलिङ्ग, आकर्षक नाग पोखरी भक्तजनका लागि विशेष आकर्षण बनेको दमक २ बाट पूजा गर्न आएकी दीपा गौतम सिटौलाले बताइन् । मन्दिर व्यवस्थापन समितिका सचिव एकराज लुइटेलले मन्दिर परिसरलाई धामकै रुपमा विकास गर्ने गर्ने आकर्षण थप्दै गइएको जनाए ।
मन्दिर व्यवस्थापन समितिले विहानको रातिदेखि नै आउने भक्तजनका लागि लाइन र पूजाआजा सहितको व्यवस्थापन गरेर सहजता तुल्याउने काम गरेको छ । पशुपति मन्दिरमा आगामी सोमबारबाट भजन किर्तन सहित प्रवचनको कार्यक्रम समेत सञ्चालन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार थापाले जनाए ।
पार्वतीले ब्रत बसी शिवलाई प्राप्त गरेको धार्मिक मान्यताका आधारमा विशेष गरी महिलाहरु ब्रत बस्ने गर्दछन् । पुरुषहरु पनि पहेंला बस्त्र लगाएर शिवको पूजा गर्न मन्दिर पुग्दछन् । सोमवारको व्रत गर्दा चोखो जल सहित सेतो फूल, बेलपत्र, धतुराको फूल आदि शिवलिङ्गमा चढ़ाएर पूजा गर्ने गरिन्छ । कुनै कामना वा इच्छा छ भने त्यो इच्छा मनमा सम्झिएर शिवपार्वतीको एकैसाथ पूजा गर्दै नमन गर्ने मान्यता छ ।

महिलाहरू साउन महिनाभर हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगाउने गर्दछन् । सोमबार ब्रत बसेर दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका विशेष गरी कर्कलो खायर त्यस दिनको ब्रत समाप्त गर्ने गर्दछन् । साउनभर लसुन, प्याज, माछामासु नखाई शुद्ध भएर बस्ने गर्दछन् ।
सूर्य कर्कट राशिमा आएपछि वर्षा भएर शिवलाई खुसी पारेको भन्ने मान्यता साउन महिनासँग जोडिएर आएको छ । त्यसैले यो महिना व्रत वसी शिवजीको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सवैको कल्याण हुने धार्मिक विश्वास पाइन्छ । उसैपनि गर्मी बढी हुने र वर्षा हुने समय भएकाले रोगव्याधी बढ्ने हुनाले यो महिना खानपानमा विशेष ध्यान दिनु वैज्ञानिक हिसावले पनि आवश्यक ठहर गरेको छ ।

सातामा एकदिन ब्रत बस्दा स्वास्थ्यका लागि पनि फाइदाजनक हुने अवस्थामा आफ्नो धर्मसंस्कृतिलाई समेत जगेर्ना गरेर मन शान्त पार्न गरिने यसखाले परम्परालाई आउँदो पुस्ताले पनि आत्मसाथ गर्दै जानु आवश्यक देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल