जोशिला जोशीलाई कसले कसरी सम्झे ?

लोकगीतका धरोहर जोशीसँगको विछोडमा शोकविह्वल दमक र सर्जकहरु

 

 

दमक, १२ साउन / जनजिब्रोमा झुण्डिएको रिटिङ रिटिङ नबजाउ बिनायो बोलको गीत ६६ वर्ष अघि रेकर्ड भएको नेपाली मौलिक लोक गीत हो । जसलाई लक्ष्मीप्रसाद जोशीले संकलन गरी भाका भर्नुभयो, जुन गीत सबैको लागि कर्णप्रिय बन्न पुग्यो ।

 

 

८८ वर्षको बृद्ध उमेरमा पनि आफुलाई निम्त्याइएको कार्यक्रममा जोशिएर गाइरहनु हुन्थ्यो । तर यो गीतका सर्जक विशिष्ट लोकगायक दमक १ निवासी जोशी यी र यस्तै कृति छोडेर बिहिबार राति ८ः५ बजे भौतिक रुपमा विदा हुनुभयो । बेलुका परिवारसँग खाना खानुभएका जोशी अकस्मात बिरामी पर्नुभएको थियो । पछिल्लो ३ महिनायता शारीरिक रुपमा क्रमशः कमजोर बन्दै जानुभएका उहाँको निधनले घरपरिवार तथा उहाँका आफन्त मात्र होइन साहित्य र कलाका सर्जकहरु पनि उसैगरी दुखी भएको दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेम अधिकारीले जनाउनुृ भयो ।

 

 

वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिनु भएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पु¥याउनु भयो । जीवनको उत्तराद्र्धमा उहाँले बढी मात्रामा राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरका सम्मान प्राप्त गर्नुभयो । डेढ महिना पहिले भारतको इन्डियन युनभिर्सिटीले डाक्टरको मानार्थ उपाधि दिएको थियो । गत महिना नेपालका राष्ट्रपतिबाट सम्मानित पनि बन्नुभयो । झापाकै बिर्तामोडमा साहित्य चौतारीले उहाँ सहित तीनजना अग्रज श्रष्टालाई अभिननन्दन समेत गर्यो ।

 

 

जोशीका रेडियो नेपालमा ४५ वटाको हाराहारीमा लोकगीत रेकर्ड छन् । २०१३ सालमा ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको गीत उहाँले पहिलोपटक रेकर्ड गराउनु भएको थियो । २०२० साल पहिल्यै अधिकांश गीत रेकर्ड भएका थिए । २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशी र जनकवि केशरी धर्मराज थापाका गीतहरुको प्रभाव थियो । २०५३ सालमा आइपुग्दासम्म म्युजिक नेपालबाट रिटिङ रिटिङ नामको गीति एल्बम निकाल्नुभयो ।

 

जोशीका रिटिङ रिटिङका साथै ‘ओल्लो खोलो, पल्लो खोलो’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ्’, ‘खिपीमा खिपी बिनायो बाजा’ जस्ता गीतहरु लोकप्रिय छन् ।

 

नेपाली लोकगीत संगीतको संरक्षणमा संघीयदेखि स्थानीय सरकारको खासै भूमिका नभएको कुरामा जोशी सधैं असन्तुष्ठ रहनु भएको उहाँको निकट रहेर सृजना यात्रामा सामेल धनकुटे कान्छाले उल्लेख गर्नुभयो ।

 

 

उहाँलाई बहुमुखी प्रतिभाका धनी व्यक्ति भनेर सम्बोधन गरिएन भने उहाँको व्यक्तित्व र काममाथि अन्याय पर्न जान्छ । उहाँ एक कुशल चित्रकार र नृत्यकार पनि हुनुहुन्थ्यो ।

 

 

नेपालको दोस्रो चलचित्र ‘हिजो आज भोलि’ मा उहाँले नेपालकी पहिलो नायिका भुवन चन्दसँग जोडी भएर अभिनय गर्नुभयो । उहाँले ‘देश खोज्दै जाँदा’ लगायतकागरी आफ्नो जीवनकालमा जम्मा ९ वटा चलचित्रमा अभिनय गर्नुभएको थियो । किराँत नृत्यलाई पहिलोपल्ट राष्ट्रिय स्तरमा चिनाउने काममा पनि उहाँको योगदान छ । उहाँले पहिलोपल्ट चर्चित महाकाव्य मुनामदनलाई गीतिनाटकका रुपमा मञ्चन समेत गर्नुभयो । २० को दशकमा नेपाल र चीनबीचको सांस्कृतिक प्रवद्र्धनका लागि नेपालको सरकारी तबरबाट एउटा टोलीमा रही तीन महिना चीनको सांस्कृतिक अवलोकन भ्रमण गरेर सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न भ्याउनु भएको स्मरण गर्नुहुन्छ दमककी साहित्यकार आचार्य प्रभा ।

 

झापाको दमकलाई कर्मथलो बनाएर निरन्तर गीत संगीतका अभिभावकका रुपमा रहनु भएका उहाँले ठेट लोकभाकाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै नयाँ पुस्तालाई झकझक्याउने काममा जीवन व्यतित गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल