सेवाग्राहीलाई साँच्चैको सेवा

भत्ता नवीकरण गर्न शनिबारले पनि छेकेन

damak 5

 

दमक, १२ साउन / सार्वजनिक बिदाको दिन । तर कार्यालयमा सेवाग्राहीको भिडभाड देखिन्छ । शनिबारको दिनपनि कार्यालय खुलेर धमाधम काम भइरहेको देखेपछि त्यो दृष्य देख्नेहरुका लागि बिदाको दिन किन कार्यालय खुल्यो भन्ने जिज्ञासा बढ्छ ।

 

 

बिदा नभएको दिनमा पनि कतिपय सरकारी कार्यालयमा काम सुस्त हुने गरेको परिवेशमा झापास्थित दमक नगरपालिकाको ५ नम्बर वडा कार्यालयले भनें फरकपन प्रस्तुत गरेको छ । अर्थात सार्वजनिक बिदाको दिन समेत दमक ५ नम्बर वडाले कार्यालय खोलेर सेवाग्राहीलाई सेवा पुर्याउने काम धमाधम गरिरहेको देखिन्छ । बिदाको दिनमा समेत विहानैदेखि कार्यालय खोलेर सेवाग्राहीका लागि कुनखाले सेवा दिँदै हुनुहुन्छ भन्ने उज्जालो खबरको जिज्ञासामा वडा सचिव निधिनारायण ढुंगेलले सामाजिक सुरक्षा भत्ताको नवीकरणमा सहजता प्रदान गर्ने काम गरिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ ‘अरु दिन अरु कामको चापाचाप हुन्छ, नवीकरणको सर्भर पनि बढी व्यस्त हुन्छ । त्यसो हुँदा २,३ वटा मात्र नवीकरण गर्न गर्न सकिएपछि विशेषगरी ज्येष्ठ नागरिकलाई वडा धाउन समस्या भएपछि नवीकरणको कामको सहजताका लागि यसो गरिएको हो ।’

 

 

साउन १२ गते शनिबार विहान साढे ७ बजेबाट नै वडाका जनप्रतिनिधिका साथै वडा सचिव सहितका कर्मचारी उपस्थित भएर फटाफट नवीकरणको काम अघि बढाए । वडाका ६८ टोलमध्ये पालो मिलाएर नवीकरणका लागि आमन्त्रण गरियो ।

 

 

कार्यालय बिदाको समय त्यसमा पनि विहानैदेखि नवीकरणको काम वडा कार्यालयबाट भएपछि आफूहरुलाई सहजता मिलेको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । विशेषगरी सामाजिक सुरक्षा भत्तामा ज्येष्ठ नागरिकको संख्या बढी भएको अवस्थामा आफूहरुलाई बढी सजिलो भएको भन्दै ज्येष्ठ नागरिक शिवप्रसाद खतिवडा र खड्गमाया कटुवालले खुसी व्यक्त गर्नुभयो ।

 

 

वर्षेनी भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता लिनेको भत्ता नवीकरण गर्नुपर्ने प्रावधानलाई राष्ट्रिय परिचयपत्र नम्बरको कुराले केही असजिलो समेत भएको छ । त्यसलाई समेत सहज बनाउने हिसावले वडाका चार स्थानमा कार्यालय समयभन्दा अघि विहान विहान शिविरकै रुपमा नवीकरण कार्य अघि बढाइने योजना रहेको वडासदस्य खड्गबहादुर राईले बताउनु भयो । भन्नुहुन्छ ‘साउन १६ बाट शिविर सञ्चालनको तयारी गरेका छौं ।’

 

 

 

अघिल्ला वर्षपनि सो वडाले नवीकरण समयमा चार ठाउँमा शिविर सञ्चालन गरेको थियो । ३ नम्बर वडा कार्यालयले पनि यस्तैखाले नवीकरणको शिविर सञ्चालनको तयारी गरेको छ ।

 

कार्यालय समयमा अरु कामको भिडभाड हुन्छ । राष्ट्रिय परिचयपत्रसँग विवरण जोडेर औंठाछाप लिने बायोमेट्रिक प्रणाली सहितको काम थप प्राविधिक काम हो ।

 

कसरी दिन काटेर जागिर पकाउने भन्ने कतिपयमा रहेको मानसिकतालाई सच्याउँने सन्देश दिँदै परिस्थिती अनुसार कार्यालय समय बाहिर पनि यसखाले काम गर्नुले ज्येष्ठ र असक्त सहितका सेवाग्राहीको साँच्चैको सेवा गरेको ठहर्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।