दमक, २४ साउन / कक्षा १२ को परीक्षाफल प्रकाशनपछि अव स्नातकतह पढ्न विद्यार्थीहरुले योजना बनाइरहेका छन् । स्नातक तह पढ्दा अव आफ्नो भविष्य कुन विषय र कहाँ पढ्दा सुनिश्चित हुन्छ भन्ने गरी विद्यार्थीहरुले योजना बनाउने गर्दछन् ।
त्यसैले जीवनको महत्वपूणर् अवसर खोज्न चुनौति मोल्दै विद्यार्थीहरु विषय छानिरहेका छन् । पढ्ने क्षेत्र र ठाउँको निक्र्यौल गरिरहेका छन् । तर अझैपनि आफुमा के क्षमता छ र त्यो क्षमतालाई थप परिस्कृत गर्दै जीवनमा अघि बढ्ने भन्दा पनि मेरो साथी के पढ्दैछ र कहाँ जादैछ भन्ने कुराकै आाधारमा यसपछिको अध्ययन यात्रा तय गर्ने विद्यार्थीहरु पनि छन् । अनि अर्कातर्फ, १२ सकेर पनि नेपालमै बस्नु र ? नेपालमा पनि पढेर भविष्य बन्छ त भन्ने भाष्य पनि निर्माण गरिएको छ । जसले नेपालका युवा जनशक्तिलाई विदेश पलायन हुन प्रोत्साहन गरिनैरहेको छ ।
के उसो हो भने यही बसेर पढ्दैमा विद्यार्थीको भविष्य नै बन्दैन त ? काम गर्न स्वरोजगार बन्न वा एक असल नागरिक बन्नेगरिकोे नेपालको शिक्षा छैन ? यो प्रश्न सुन्दा सामान्य तर निकै जटिल छ ।
त्यसैले उज्यालो खबरको ‘उज्यालो शिक्षा’मा हामीले खास गरी दमकमा स्नातक तह पढाइरहेका क्याम्पसहरुमा पुगेर त्यहाँका जिम्मेवार पक्षसँग प्रश्न गरेका छौ , ‘तपाईहरुको सिकाई र पढाईकोे पद्धतिप्रति विद्यार्र्थीहरुमा वितृष्णा बढेको हो त ?
यता आफुलाई व्यवस्थापन संकायको क्षेत्रमा पूर्वकै उत्कृष्ट गन्तव्य दावी गर्ने आस्था कलेज अफ म्यानेजमेन्टले पनि आफ्नै विद्यालयबाट पास आउट भएका विद्यार्थी समेत उति रोक्न सकेको छैन । विदेश जाननै मात्र आकर्षित बनेका विद्यार्थीलाई विदेशको जस्तै सिकाई, पढ्दै कमाउँदै र पढिसकेपछि रोजगारको ग्यारेण्टी सहितका कार्यक्रम ल्याएको यो कलेजले चाँही यो पटक स्नातक तहको कस्तो कार्यक्रम सञ्चालन गर्दैछ त ? क्याम्पस प्रमुख टेकनाथ भण्डारीले पढ्दै कमाउँदै गर्ने अवसर सञ्चालन गरेको बताउनु भयो । कुन विषय पढ्दा प्राप्त हुने अवसरका बारेमा जानकारी गराउने, विभिन्न क्षेत्रको भ्रमण गराउने, दीक्षान्तका कालो टोपी र कोट लगाएर सम्मान जनाउने जस्ता कार्यक्रम कलेजमा भएको उहाँले उल्लेख गर्नुभयो ।
बीबीएस पढ्दै गरेका विद्यार्थीलाई इसीए शिक्षकका रुपमा आफ्नै क्याम्पसमा अवसर दिएको उल्लेख गर्नुभयो । जस अन्तर्गत १६ जनाले काम गर्दै गरेको र उनीहरुले महिनामा ३ हजारदेखि १५ हजारसम्म कमाएको अवस्था छ । लोकसेवाको तयारी कक्षा, बैंकिङ तयारी कक्षा तथा नजिकका विद्यालयमा शिक्षकका रुपमा समेत विद्यार्थी सामेल गराउने काममा सहयोग पुर्याइरहेको उहाँले बताउनु भयो । उहाँले आफुहरुले यसखाले कोशिस गरिरहेको भएपनि विदेशमा बढी पैसा कमिने अनि विदेशै राम्रो हो भन्ने परिपाटीले पुरै रोक्न सक्ने अवस्था एउटा कलेजले मात्रै नहुने उहाँको तर्क छ । ‘सरकार स्थिर नहुने र नीति नियम पनि फेरिइरहने गरेका कारण समग्रमा सरकारी तबरबाटै विद्यार्थी रोक्ने नीति ल्याउनु आवश्यक छ ।’
हुन त यो राष्ट्रिय समस्या हो । राज्यले नै रोक्न नसकेको विद्यार्थीको भिड सिमित क्याम्पसहरुको प्रयासले मात्रै कति थेगिन्थ्यो होला र ? त्यसैले राज्यले नेपालमा पढेर नेपालमै भविष्य निर्माण गर्न सकिन्छ भन्ने कुराको प्रत्याभूति नगराएसम्म अझै १० वर्ष यहाँका सक्षम र उत्पादनमुखी युवा जनशक्ति विदेश पलायन भइनैरहने शिक्षा विश्लेषकहरुको विश्लेषण छ । चाहे त्यो काम गर्न होस वा पढ्ने बाहनामा । देश छोडेर विदेश जानेको यो लहडको भेल अझै बढिरहने छ । जतिबेलासम्म राज्यले स्वदेशमै रोजगार सिर्जना नगरी रेमिट्यान्सलाई आफ्नो प्रमुख आम्दानीको श्रोत मानिरहन्छ त्यतिबेलासम्म स्थिती यस्तै यस्तै रहन्छ ।
https://fb.watch/tQ9iiVdLYm/