सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने ः मन्त्री भट्टराई

काठमाडौँ, १३ भदौ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने सुझाव दिनु भएको छ ।

 

बिहीबार काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री भट्टराईले सीटीईभीटीको पाठ्यक्रम समय सुहाउँदो बनाएर जानुपर्ने आवश्यकता औंल्याउनु भयो । सो क्रममा उहाँले भन्नुभयो, ‘सीटीईभीटीको विचाराधीन रहेको ऐनमा पनि सुझाव दिन सकिन्छ । अहिलेका लागि सीटीईभीटीको पाठ्यक्रमलाई छलफल गरेर नयाँ तरिकाले निर्माण गर्नका लागि दुईवटा टिम बनाएर काम अगाडि बढाएका छौ ।’

 

अहिलेसम्म आइपुग्दा पनि समय सन्दार्भिक हुनुपर्ने नीति खास संशोधन नभएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

 

 

नेपालको उन्नतीका लागि प्रतिस्पर्धी विद्यार्थी र दक्ष जनशक्ति तयार गर्नुपर्ने उहाँको धारणा छ ।

Share: