सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने ः मन्त्री भट्टराई

काठमाडौँ, १३ भदौ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने सुझाव दिनु भएको छ ।

 

बिहीबार काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री भट्टराईले सीटीईभीटीको पाठ्यक्रम समय सुहाउँदो बनाएर जानुपर्ने आवश्यकता औंल्याउनु भयो । सो क्रममा उहाँले भन्नुभयो, ‘सीटीईभीटीको विचाराधीन रहेको ऐनमा पनि सुझाव दिन सकिन्छ । अहिलेका लागि सीटीईभीटीको पाठ्यक्रमलाई छलफल गरेर नयाँ तरिकाले निर्माण गर्नका लागि दुईवटा टिम बनाएर काम अगाडि बढाएका छौ ।’

 

अहिलेसम्म आइपुग्दा पनि समय सन्दार्भिक हुनुपर्ने नीति खास संशोधन नभएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

 

 

नेपालको उन्नतीका लागि प्रतिस्पर्धी विद्यार्थी र दक्ष जनशक्ति तयार गर्नुपर्ने उहाँको धारणा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य