वक्तृत्वकला प्रतियोगितामा सिंहवाहिनी प्रथम

पथरी,२६ भदौ /
पढाइमा समाजिक सञ्जालको प्रयोग र प्रभाव विषयक वक्तृत्वकला प्रतियोगितामा मोरङको पथरीशनिश्चरे -९ स्थित सिंहवाहिनी मावि प्रथम भएको छ ।

 

बाल दिवसको अवसरमा पथरीशनिश्चरे—१, स्थित सुनाखरी माविले आयोजना गरेको प्रतियोगितामा सिंहवाहिनी माविको सरु आचार्य प्रथम हुनु भएको छ ।
वक्तृत्वकलामा चन्द्र किरातेश्वर माविकी अंकिता तामाङ दोस्रो, भागिरथ माविकी प्रतिमा चेम्जोङ लिम्बू तेस्रो र दुर्गा माविकी अस्मिता रसाइलीले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको छ ।

 

विजेता विद्यार्थीहरुलाई नगद, मेडलसहितको पुरस्कार प्रदान गरिएको थियो । पथरी शनिश्चरे नगर शिक्षा विभाग प्रमुख नवीन खुलाल, १ नं. वडा अध्यक्ष भीमकुमार राई, सुनाखरी विद्यालय व्यवस्थापन  समिति अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवी मगर, विद्यालयका सल्लाहकार अर्जुन जम्नेली राई लगायतको हातबाट पुरस्कार वितरण भएको थियो ।

 

प्रतियोगितामा पथरीशनिशचरे नगरमा रहेको १० वटा मावि सहभागि भएका थिए ।

 

सुनाखरी माविमा चाम्लिङ राई भाषा पठनपाठनहुँदै आएको छ । पथरीशनिश्चरे नगरको आर्थिक सहयोगमा प्रकाशित कक्षा -५ सम्मको पुस्तक विद्यालयलाई हस्तान्तरण समेत गरिएको छ ।

 

यसैवीच ५३ लाख बराबरको लागतमा निर्माण भएको चार कोठे पक्की भवन नगरप्रमुख मोहनप्रसाद तुम्बापोको हातबाट रिवन काटेर उद्घाटन गरिएको थियो ।
कार्यक्रममा सुनाखरी माविमा अध्ययनरत छात्राहरु इन्द्रकुमारी देवान, अनुसा सुनाम, मन्दिरा लिम्बु लगायतले नृत्य तथा गीतहरु प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको उपाधिका लागि आज आर्मी र एपिएफ भिड्दै

दुधे, मंसिर १२ । दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब आज आमनेसामने हुँदैछन् । दुधे रंगशालामा

रसुवा बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहतका लागि सिफारिस

इनरुवा,१२ मंसिर । भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका सुनसरीका १७ जनाको आधिकारिक विवरण राहत प्रक्रियाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

स्रोत भएर पनि शिक्षामा पछाडि मधेश : दोषी को ?

काठमाडौँ,१२ मंसिर । कुनै पनि समाजलाई दीर्घकालसम्म आफ्नो नियन्त्रणमा राख्न चाहने शासकले सबैभन्दा पहिले त्यहाँको शिक्षा प्रणाली कमजोर बनाउँछ भन्ने राजनीतिक मान्यता छ । शिक्षित

दमकमा ४४ करोड ३६ लाखभन्दा बढीको खानेपानी आयोजना सम्झौता

दमक,१२ मंसिर । झापाको दमकमा खानेपानी व्यवस्थापन तथा पूर्वाधार स्तरोन्नतिका लागि रु ४४ करोड ३६ लाखभन्दा बढीको आयोजना अघि बढ्ने भएको छ । सङ्घीय सरकारको

निरन्तरको उतारचढावले सेयर बजारमा अन्योल कायमै, नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाउँदै

काठमाडौँ,११ मंसिर । स्पष्ट दिशा समात्न नसक्दा सेयर बजारमा अनिश्चितता कायमै देखिएको छ । पछिल्लो समय ठूला लगानीकर्ता र सामूहिक लगानी कोषहरू ‘पर्ख र हेर’

कांग्रेसको १५ औँ महाधिवेशनका लागि ५ उपसमितिका संयोजक मनोनयन

काठमाडौँ ,११ मंसिर। नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ । यसक्रममा

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको समसामयिक छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गर्नु भएको छ ।राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार