सिक्किम गजल मञ्चको छैटौँ स्थापना दिवस

सिक्किममा हालसम्म ६ जनाका ११ वटा गजल कृति प्रकाशित

गान्तोक, २७ भदौ  १५९ औँ मोती जयन्तीका अवसर पारेर सिक्किमको गान्तोकमा सिक्किम गजल मञ्चको छैटौँ स्थापना दिवस सम्पन्न भएको छ । कार्यक्रममा सिक्किममा हालसम्म ६ जनाका ११ वटा गजल कृति प्रकाशित भएको जानकारी गराइएको छ ।

 

सन् २०१९ मा नेपाली गजलका प्रणेता मोतिराम भट्टकै जयन्तीका अवसर पारेर स्थापित मञ्चले प्रत्येक वर्ष मोती जयन्तीका सन्दर्भमा आफ्नो स्थापना दिवस मनाउँदै आइरहेको अवस्थामा यो वर्ष मञ्चकी संस्थापक अध्यक्ष गजलकार जीविका अश्रु र साहित्यकार अर्जुन चाम्लिङ ‘यावा’–को संयुक्त सम्पादन एवं व्यवस्थापनमा तयार गरिएको ‘सिक्किमेली नेपाली गजल’ लोकार्पण गरिएको छ । सिक्किमबाट सम्भवतः पहिलोपटक प्रकाशित सामूहिक गजल संग्रह ‘सिक्किमेली नेपाली गजल’ वरिष्ठ साहित्यकार चुनिलाल घिमिरेले प्रकाशित गर्नुभएको हो ।

 

 

अवकाश प्राप्त शिक्षिका एवं साहित्यकार मुना बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार एवं पत्रकार अर्जुन पीयूष मुख्य अतिथि हुनुहुन्थ्यो भने नेपाली साहित्य परिषदका संस्थापक अध्यक्ष राज के. श्रेष्ठ, वरिष्ठ साहित्यकार विजयकुमार सुब्बा र सिर्जनात्मक वैचारिक मञ्च रुम्तेकका अध्यक्ष शिवप्रसाद न्यौपाने विशिष्ठ अतिथिका रुपमा रहनु भएको थियो ।

 

 

विशिष्ठ अतिथि विजयकुमार सुब्बाले लेखक–साहित्यकारहरू कतिले लेख्दैछन् भन्ने होइन के लेख्दैछन् भन्ने कुरा महत्वपूर्ण हुने धारणा राख्नु भयो । उहाँले भन्नुभयो, “हिजो सिक्किमेली नेपाली गजल श्रृंगारिक मात्र थियो भनें अहिले आएर समयसापेक्ष, यहाँको परिस्थिति, परिवेश र आवश्यक्ताअनुसारका गजलहरू लेखिन थालिएछ, साह्रै खुशी लाग्यो।” यसका साथै उहाँले ‘सिक्किमेली नेपाली गजल’ सिक्किमको गजल साहित्यमा एउटा माइलखुट्टी बनेको पनि बताउनु भयो ।

 

 

 

लोकार्पित पुस्तकमाथि सम्पादकको पक्षबाट बोल्दै अर्जुन चाम्लिङ ‘यावा’–ले सिक्किमभरि ३९ जना जगलकारहरू रहेका थाहा लागेपनि केवल ३१ जनाका दुई–दुईवटा गजल समेट्न सकिएको बताउनु भयो । उहाँले सिक्किमबाट अहिलेसम्म प्राप्त छजना गजलकारबाट ११ वटा मात्रै कृति प्रकाशित रहेको बताउँदै यस क्षेत्रमा अझ धेरै काम हुन बाँकी नै रहेको पनि औंल्याउनु भएको मञ्चकी संस्थापक अध्यक्ष अश्रुले उज्यालो खबरलाई जानकारी गराउनु भयो ।

 

कार्यक्रममा विष्णु केसी, पवन बाहुन, सागर निरौला, आनन्द छेत्री, मोहन गौतम, प्रेम न्यौपाने ‘प्रहर’, जीग्मी डी. भोटिया, भोला विद्रोही, शिवप्रसाद न्यौपाने, ललित लोहार, किरण मुखिया, जीविका अश्रु र राधा पाण्डेले गजल वाचन गर्नुभयो । कुबिर विष्ट र इन्द्रकला शर्माले कविता प्रस्तुत गर्नुभयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल