सन्दर्भ - राष्ट्रिय बालदिवस

दमकमा ‘डिस्टेन्स ड्रिमर किड्स रन सिजन ३’ सम्पन्न

दमक, २९ भदौं   राष्ट्रिय बाल दिवसको अवसरमा लायन्स तथा लियो क्लब अफ दमक बिग बुद्ध र दमक रनको सहकार्यमा १२ वर्षमुनिका बालबालिकाहरूका लागि ‘डिस्टेन्स ड्रिमर ः किड्स रन सिजन ३’ शनिबार सम्पन्न भएको छ ।

 

दमक २ को हिमालय मावि, आम्दा रोड, क्याम्पस मोडहुँदै चोकको थकाली भान्सासम्मको ३ किलोमिटर दौडमा पुरुषतर्फ बिर्तामोड ७ का सम्राट गौतम पहिलो, भोजपुरका सफल राई दोस्रो, तरहरा सुनसरीका सम्राट राई तेस्रो र इश्वर कटुवाल सान्त्वना बन्नुभयो ।

 

महिलातर्फ, तरहराकी रेश्मा दर्जी पहिलो, तरहराकै कुश्मा भुजेल दोस्रो, मेचीनगर ४ की सिम्रन घिमिरे तेस्रो र तरहराकी मनिसा बस्नेतले सान्त्वना स्थान हाँसिल गर्नुभयो ।

 

कार्यक्रममा भोजपुर, धरान, तरहरा, धुलाबारी, मेचीनगर र दमक क्षेत्रका ७४ जना सहभागी भएका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईंले पुरस्कृतहरुलाई पुरस्कार वितरण गर्दै बालदिवसमा यसखाले बालप्रतिभा उजागर गर्ने कार्यक्रम हुनुले समाज निर्माणमा मद्धत पुग्ने बताउनु भयो ।

 

बालदिवसका अवसरमा दमकस्थित सरस्वती मावि, हिमालय माविसहितले विद्यार्थीहरुमाझ विभिन्नखाले कार्यक्रम सम्पन्न गरेका छन् ।

 

लागुऔषध दुव्र्यसन विरुद्ध ¥याली

उता, मोरङको पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतनामूलक प्रभातफेरी निकालेको छ ।
बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ आयोजित प्रभातफेरीमा लागुऔषध दुव्र्यसन विरुद्ध प्लेकार्ड सहित पम्पलेट बाँड्दै विद्यार्थीहरुले विभिन्न नारा लगाएका थिए ।

 

पम्पलेटमा भोला, गुडका, तमाखु, सुर्ती जन्य तथा अन्य नशालु वस्तुहरू बिक्री वितरण नगर्न आग्रह समेत गरिएको थियो ।
सोही अवसरमा विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले दुव्र्यसनबाट बच्ने जनचेतनाका लागि विद्यालयका विभिन्न ८ समूहका विद्यार्थीहरुलाई सहभागी गराई जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज वास्कोटाले लागुऔषधको दुव्र्यसनबाट बालबालिकाहरूलाई बचाउन सकियो भने दुव्र्यसनी नियन्त्रण गर्न सकिने धारणा राख्नु भयो । विद्यालयले दोस्रो चरणमा कक्षा ५ देखि मुनि र कक्षा ६ देखि माथिका विद्यार्थीहरूलाई दुईटा समूह बनाई विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु

बाहुनडाँगीका किसान हात्ती धपाउन ब्यास्त

झापा , १५ असार ।  दिनहुँ ४०–५० वटा जङ्गली हात्ती छावासहित गाउँ पसिरहेका छन्। चियाबारी र बस्तीमै दिनभर बस्ने हात्तीका कारण स्थानीयहरू ज्यान जोगाउन संघर्ष

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क!

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।