अनुशीलन

दमक प्रज्ञा प्रतिष्ठान चाँडो व्यूँतियोस् ः हेम अधिकारी

दमक, २९ भदौ    दमक क्षेत्रका एकजना सर्जक एवम् शिक्षासेवी हेम अधिकारीले दमक नगरपालिकाले गठन गरेको दमक प्रज्ञा प्रतिष्ठान चाँडो व्यूँताउनु पर्ने बताउनु भएको छ ।

 

उज्यालो खबरले प्रत्येक शनिवार सञ्चालन गर्दै आएको साहित्य र कलाको विचार विमर्श अनि रचना वाचनको चौतारी कार्यक्रम ‘अनुशीलन’ मा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । ०७४ सालको स्थानीय निकायको निर्वाचनपछि दमक नगर कार्यपालिकाको निर्णयबाट ०७६ मा दमक प्रज्ञा प्रतिष्ठान गठन भयो । ०७७ मा ऐन समेत बन्यो । त्यसको अध्यक्ष आफु रहेको अवस्थामा जनप्रतिनिधिको कार्यकाल सकिएपछि सो समिति पनि राजनीतिक चपेटामा परेर हाल पदाधिकारीविहीन बन्नु ज्यादै दुःखद पक्ष रहेको स्मरण गर्नुभयो । ०७९ मा बनेको नगरको नयाँ समितिले प्रतिष्ठानको गठन कार्य गरेको छैन । ‘हामीले बारम्बार कुरा गरिहँदा पनि अहिलेसम्म गठन गरिएको छैन । पुस्तकालय समेत बन्द कोठामा माकुरोको जालो लागेको विजोक अवस्था छ ।’

 

बुबा पुण्यप्रसाद र आमा सावित्रादेवी अधिकारीको सन्तानका रुपमा विक्रम सम्बत २०१२ साल पुस १६ गते इलाम आमचोक ७ लुङ्सुङ्दाङमा जन्मिनु भएका हेमनाथ अधिकारी साहित्य सृजना क्षेत्रमा हेम अधिकारीका नामले परिचित हुनुहुन्छ ।

 

नेपाली विषयमा एमएसम्मको अध्ययनगरी माद्यमिक विद्यालयमा उहाँले ३९ वर्ष अध्यापन गर्नुभयो । त्यसमध्येमा ३३ वर्ष त प्रधानाध्यापक नै भएर काम गर्नुभयो । त्यसबीचमा १४ वर्ष क्याम्पस प्रमुख समेत बन्नुभयो । अर्थात उहाँ क्याम्पस र विद्यालयमा गरी निरन्तर ४३ वर्ष अध्यापनकर्म गरेर अहिले अवकासप्राप्त जीवन विताइरहनु भएको छ ।

 

सांस्कृतिकसहितको चेतनाको क्रान्तिमा सामेल अनि भाषाविज्ञानका क्षेत्रमा क्रियाशील रहँदै आउनु भएका दमक ५ भृकुटी चोक निवासी उहाँ सरल र मृदुभाषी शैलीबाट परिचित हुनुहुन्छ । उहाँको पहिलो साहित्यिक कृतिकारुपमा २०६० सालमा कविता संग्रह ‘वर्तमान र मान्छेहरु’ प्रकाशित भयो । २०६८ मा निवन्ध संग्रह ‘अनुभूतिका तरङ्गहरु’, ०७७ मा आधुनिक भाषाविज्ञानका रुपमा ‘क्रियाको रुप विश्लेषण’, २०८० मा नियात्रा संग्रह ‘उत्तरी ध्रुवतिर टहलिँदा’ र सोही वर्ष आत्मानुभूति संग्रह ‘जीवनका गौँडागल्छेडाहरु’ गरी हालसम्म उहाँका ५ वटा कृति प्रकाशित हुनपुगेका छन् । समालोचनाका २ वटा, निवन्ध र कविताका एकएकवटा पाण्डुलिपिले पनि संग्रहको रुप लिने प्रतिक्षा गरिरहेको छ ।

 

भाषा साहित्य तथा शिक्षण क्षेत्रमा दर्जनौं पुरस्कार र सम्मान प्राप्त गर्नुभएका उहाँले संगम, सुखानी, चेतना, दमक ज्योति, दमक बालज्योति जस्ता ऐतिहासिक पुस्तक तथा पत्रिकाको सम्पादन समेत गर्नुभएको छ । (भिडियोमा हेरौं उहाँको विचार र रचना प्रस्तुति)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ