उज्यालो सम्पादकीय

प्रधानमन्त्री ओलीबाट संयुक्त राष्ट्रसंघको महासभामा यी विषय उठ्लान् ?

अमेरिकास्थित न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँले राष्ट्रसंघको महासभामा के के विषय उठान गर्नुहोला भन्ने आम नेपालीको चासो छ । छिमेकी मुलुकहरुले पनि प्रधानमन्त्री ओलीले त्यहाँ के के कुरा कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने सन्दर्भमा चासोपूर्ण रुपमा हेरेका छन् ।

 

नेपालको शान्ति प्रक्रियालाई संयुक्त राष्ट्र संघसहित विश्वले नियालिरहेको छ । शान्ति प्रक्रियालाई व्यवहारिक रुपले टुंग्याउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको एक महिना पनि नबित्दै प्रधानमन्त्री ओली राष्ट्रसंघ महासभामा भाग लिने सन्दर्भ जुटेको छ । यो बेला प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा प्रस्तुत हुने अवसर मिल्नु महत्वपूर्ण संयोग हो । यसले नेपालप्रति हेर्ने दृष्टिकोणमा निकै फरक पार्ने राजनीतिक विश्लेषकहरुको विश्लेषण छ ।

 

नेपालका लागि अर्काे महत्वको विषय हो जलवायु परिवर्तनले पु¥याइरहेको असर । नेपालको हिमालबाट नियमित चक्रमा मात्रै होइन त्यो भन्दा बढि हिउँ पग्लिएर गइरहेको छ । जति हिमालले हिउँ बोक्नुपथ्र्याे त्यो छैन । त्यस्को कारण खोज्नुपर्छ भनेर प्रधानमन्त्री ओलीले त्यहाँ उठाउने विषय बारे यसअघि सदनलाई जानकारी गराउनु भएको थियो ।

 

उहाँले नेपालको तटस्थ परराष्ट्रनीति र कसैसँग शत्रुतापूर्ण सम्बन्ध नरहेको विषय पनि राष्ट्रसङ्घको महासभामा स्पष्ट पारिने पनि उसैगरी सदनलाई जानकारी गराउनु भएको थियो ।

 

जलवायु परिवर्तनको असर कम गर्ने सहितका उल्लेखित विषयहरु महासभामा उठाउनु पर्ने देखिन्छ –
१, जलवायु परिवर्तन र हिमाली मुलुकहरूमा यसको असर ः नेपालको जटिल भौगोलिक संरचनाले जलवायु परिवर्तनको असरलाई झन् बढाएको छ । हिमाली क्षेत्रमा हिउँ पग्लने तथा बाढी र पहिरोको बढ्दो समस्याले जनजीवनमा ठूलो असर पु¥याइरहेको छ । यो विषयलाई प्राथमिकतामा राखेर, जलवायु न्यायका लागि नेपालजस्ता साना र कमजोर देशहरूको आवाज बुलन्द गर्न आवश्यक छ । विश्वका विकसित मुलुकले गरेको अत्यधिक कार्बन उत्सर्जनको परिणाम कमजोर देशले भोग्नु परेको र त्यसको क्षतिपूर्तिको सवाल मजबुत रुपमा उठाउनु आवश्यक छ ।

 

२, शान्ति, स्थायित्व र राजनीतिक संक्रमण ः नेपालले लामो समयदेखि शान्तिपूर्ण राजनीतिक स्थायित्वको बाटो समातेको अवस्था छ । लोकतान्त्रिक अभ्यास र संविधानको सफल कार्यान्वयनको उदाहरण दिएर, विश्वलाई संक्रमणमा नेपालले खेलेको शान्तिपूर्ण भूमिकाबारे जानकारी दिन सकिन्छ । संक्रमणकालिन न्यायका सन्दर्भमा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त बनाउने अवसर प्रधानमन्त्री ओलीलाई छ । यी विषयमा प्रधानमन्त्रीले स्पष्ट र ठोस कार्ययोजना प्रस्तुत गर्न सक्नुपर्दछ ।

 

३, दिगो विकास लक्ष्यमा प्रगति ः नेपालले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू पूरा गर्न प्रयास गरिरहेको छ । यस सम्बन्धमा नेपालले आफ्ना चुनौतीहरू, प्रगति र आवश्यक अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता स्पष्ट गर्न सक्छ ।

 

४, आर्थिक असमानता र गरिबी निवारण ः नेपालले गरिबी निवारण र आर्थिक असमानता घटाउने आफ्नो योजनालाई विश्वमाझ राखेर अन्तर्राष्ट्रिय समुदायबाट थप आर्थिक सहयोग र साझेदारीको अपिल गर्न सक्ने देखिन्छ ।

 

५, महिला सशक्तिकरण र लैङ्गिक समानता ः नेपालमा महिला सशक्तिकरण र लैङ्गिक समानताको सवालमा भएका प्रगतिहरू र बाँकी चुनौतीहरू राखेर, नेपालले यस क्षेत्रमा अन्तर्राष्ट्रिय सन्देश दिन सक्छ ।

 

६, भ्रमण वर्ष र पर्यटन प्रवद्र्धन ः नेपालले अन्तर्राष्ट्रिय मञ्चबाट पर्यटनको प्रचार गर्न ’नेपाल भ्रमण वर्ष’ जस्ता पहलहरूलाई अघि सार्न सक्नेछ ।

 

७, युद्ध अन्त्य र बुद्धको देशको सन्देश ः नेपालले अरुदेशलाई शान्तिको सन्देश प्रवाह गर्नका लागि रुस–युक्रेन युद्धमा मारिएका नेपालीले पाउने क्षतिपूर्तिको सवाल उठाउँदै युद्ध अन्त्यको आवाजमा बुद्धको देशको सन्देश प्रवाह गर्ने ठाउँ अवसरका रुपमा प्राप्त छ ।

 

 

यी विषयहरूले नेपालको स्थान अन्तर्राष्ट्रिय मञ्चमा बलियो बनाउँछन् र अन्तर्राष्ट्रिय समुदायबाट सहयोग जुटाउन सहयोगी हुन सक्ने देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग