क्याम्पसले ठूला योजना पाउन भ्याट दर्ताको नियमले समस्या

upakulpati

काठमाडौँ, ५ असोज ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले ठूला सरकारी योजनाहरुको ठेक्का प्रतिस्पर्धा गर्न क्याम्पसहरु अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने प्रावधानले शैक्षिक संस्थाहरुलाई समस्या भइरहेको औंल्याउनु भएको छ ।

 

शनिवार त्रिविको अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको सम्मेलनमा बरालले भ्याटमा दर्ता हुनुपर्ने प्रावधानले सरकारी अनुसन्धानसम्बन्धी कार्यमा त्रिवि र यस अन्तर्गतका विभाग तथा क्याम्पसहरू सहभागी हुन नपाएको अप्ठेरो अवस्था दर्शाउनु भयो ।

 

अहिले त्रिवि तथा यसका विभाग र आङ्गिक क्याम्पसहरू भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था नभएपनि ठूला सरकारी योजनाहरुको ठेक्का प्रतिस्पर्धा गर्न भ्याट अनिवार्य गरिएको छ ।

 

उपकुलपति बरालले यो व्यवस्था परिमार्जन गरी विश्वविद्यालयहरूलाई यस्तो प्रतिस्पर्धामा सहभागी हुन भ्याट दर्ता अनिवार्य नहुने व्यवस्था गर्न अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गर्नुभयो । यसो गर्न सके सरकारी अनुसन्धानका कार्यहरू निकै सस्तो लागतमा गुणस्तरीय कार्यहरू गर्न सम्भव रहने उहाँको भनाइ थियो ।

 

 

जवाफमा अर्थमन्त्री पौडेलले विश्वविद्यालयको गुणस्तर सुधार र विद्यार्थीहरूको क्षमता वृद्धिका लागि सहजीकरण गर्न सरकार तयार रहेको जनाउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत