दमक, ६ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की कोशी प्रदेश सदस्य तनुजा दुलालले युवा तथा विद्यार्थी विदेशमा पलायन हुनबाट रोक्ने नीतिसहितको संविधान संशोधन हुनुपर्ने बताउनु भएको छ ।
उज्यालो खबरले दमकमा आयोजना गरेको ‘संविधानको कार्यान्वयन र यसका चुनौती’ विषयक बृहत् बहस कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले निःशुल्क शिक्षालाई व्यवहारमा कार्यान्वयन गर्दै विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा र आवश्यक रोजगार दिने कुरामा नेपाल सरकारले नीति बनाउनु पर्नेमा जोड दिनुभयो ।
https://www.facebook.com/reel/1583364505937538