वडादेखि ढोकासम्मको कार्यक्रमबाट नेपालमै चर्चित वडा

ujyaalo sambad- nabin

पथरी, १० असोज /  मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले घरदैलोमा पुग्नेसहितका नेपालमै नवीन प्रकारका कार्यक्रम सञ्चालन गरेर वडावासीको मन जित्दै आएको छ ।

 

उज्यालो खबरको ‘उज्यालो संवाद’ कार्यक्रममा बोल्दै ८ नम्बर वडाध्यक्ष नवीन कार्कीले ‘वडादेखि ढोकासम्म’को कार्यक्रम नेपालकै पृथक कार्यक्रम रहेको बताउनु भयो ।

 

 

उहाँले धाएर वडा कार्यालय आउन नसक्ने अवस्थाका अपाङ्गता भएकासहितका असक्त अवस्थाका वडावासीको विवरण संकलन गरी कागजात घरमै पुर्याइदिने कार्यक्रमले नेपालमा फरकखाले काम भएको उल्लेख गर्नु भयो ।

 

नगरकै कान्छा वडाध्यक्ष कार्कीले नवीनतम् सोच अघिसारेर वडा समितिमार्फत कार्यक्रम अघि बढाउँदै वडावासीको सेवाका सवालमा वडा अगाडि देखिएको चर्चा हुँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको