सरकारले क्षतिपूर्ति दिने

थाइल्याण्डमा बालबालिका र शिक्षकसहित २५ जनाको जलेर मृत्यु

एजेन्सी, १५ असोज   थाइल्याण्डको राजधानी बैंककमा मंगलबार बालबालिका बोकेको स्कूल बस दुर्घटना हुँदा केही शिक्षक र धेरैजसो विद्यार्थी गरी जलेर २५ जनाको  जलेर कारुणिक रुपमा मृत्यु भएको छ ।

 

बस उत्तरी प्रान्त उथनी थानीबाट केही शिक्षक सहित प्राथमिक विद्यालयका बालबालिका लिएर फर्किँदै गर्दा बसको टायर पड्किँएपछि आगलागी भएको त्यहाँको प्रहरीले उल्लेख गरेको छ ।

 

दुर्घटनामा बालबालिका र शिक्षकहरुसहित २५ जनाको मृत्यु भएको हो । १६ बालबालिका र तीन शिक्षकलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । आगलागीबाट बस पूणर्रुपमा जलेको छ ।

बसमा तीनदेखि १५ वर्षसम्मका बालबालिका रहेको जनाइएको छ । घटनाको अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

घटनापछि थाइल्याण्डकी प्रधानमन्त्री पेतोङत्रान सिनावात्राले दुःख व्यक्त गर्दै घाइतेको उपचार खर्च राज्यले बेहोर्ने र मृतक बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्नु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ