उज्यालो संवाद

शैक्षिक क्यालेण्डरमा एकरुपता नै मेरो कार्यकालको उपलब्धि हुने – अध्यक्ष मैनाली

दमक, कार्तिक ३
कुनै संघ संस्थामा कोही व्यक्ति कति वर्षसम्म नेतृत्वमा रहन सक्ला ? यसको सरल जवाफ आफ्नो कार्यकाल अवधीभर । त्यो कार्यकाल चाँहि कति लामो हुन्छ ? संस्थाको नियम अनुसार एक वर्षदेखि बढीमा ५ वर्षसम्म होला । त्यसमा पनि कार्यकाल दोहोर्याउने त केही होलान् तर तेहेर्याउनेको संख्या निकै कम हुन्छ । तर दमकमा निजी विद्यालयहरुको संगठन प्याप्सन नेपाल दमक नगर कमिटीको अध्यक्षमा लगातार तीन कार्यकाल अर्थात १२ वर्षसम्म निरन्तर नेतृत्व गरिरहनु भएको छ जनार्दन मैनालीले ।

 

 

तीनवटै कार्यकालनमा मैनालीनै सर्वसम्मत अध्यक्ष बनिरहनु भएको छ । यत्तिको अवधिसम्म तपाई कसरी अध्यक्ष बनिरहनु भयो भनेर उज्यालो खवरले गरेको प्रश्नमा उहाँले सरल जवाफ दिनुभयो ‘सबै विद्यालयहरुले मेरो नेतृत्व स्वीकार गर्नुभयो । म हुँदा काम गर्न सहज हुने विस्वास गर्नु भयो, सायदै त्यही भएर होला ।’

 

उसो भए तपाईले १२ वर्षको अवधिमा के उपलब्धी हासिल गर्नु भयो भन्ने अर्को प्रश्नमा उहाँ भन्नु हुन्छ ‘कमसेकम मेरो नेतृत्व भएपछि मैले यहाँ रहेका सबै निजी विद्यालयहरुको शैक्षिक क्यालेण्डरमा एकरुपता बनाएको छु । अव विद्यालयको स्तर हेरेर शुल्क लिने गरिको प्रबन्ध गराउन पालिका सरकारसँग समन्वय गरिरहेको छु ।’

 

 

विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न वर्षमा कम्तिमा पनि ३ वटा अतिरिक्त कार्यक्रम राखेर यसबाट हरेक विद्यालयका विद्यार्थी सहभागी हुने र एक आपसमा सम्बन्धको विकाससँगै शैक्षिक तथा अन्य विषयगत रुपमा प्रतिष्पर्धा बढिरहेको भन्दै आफ्ना उपलब्धि सुनाउनु भयो ।

मैनालीसँग गरिएको कुराकानीको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Ujyaalo sambad||Janardarn mainali with bhumiraj parajuli| || Papson Damak||ujyaalo khabar (youtube.com) 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको