त्रिवेणी साहित्य मञ्चद्वारा ह्यारिसबर्गमा लक्ष्मी जयन्ती र देउसी भैलो

ह्यारिसबर्ग, पेनसिल्भेनिया, कार्तिक १२
त्रिवेणी साहित्य मञ्च, पेनसिल्भेनियाको आयोजनामा २०८१ सालको देउसी भैलो र महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्मरण गर्दै ११६ औं लक्ष्मी जयन्ती कार्यक्रम ह्यारिसबर्गस्थित हिमालयन तेक्वान्दोको भवनमा भव्य रुपमा सम्पन्न भएको छ ।

 

सोही अवसरमा मञ्चका सल्लाहकार विष्णु लुइँटेलले देवकोटाको जिवनी पढेर सुनाउनु भएको थियो ।

 

कार्यक्रममा देउसी भैलो, सृजनात्मक वाचन, नृत्य तथा विविध प्रस्तुति भएको थियो । नेपाली कला, संस्कृति र परम्परालाई जीवित राख्न यस प्रकारका कार्यक्रमहरुले महत्वपूणर् भूमिका खेलिरहेको कुरा सहभागीहरुले बताए ।

 

 

विशेष गरी देउसी भैलो खेल्ने परम्परालाई विदेशमा पनि निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न नेपाली समुदायका सदस्यहरुले सहभागीता जनाए। उपस्थित सबैले रमाइलोका साथ नेपाली सांस्कृतिक धरोहरको अनुभव साटासाट गरेका थिए ।

 

 

त्रिवेणी साहित्य मञ्च लेन्कास्टरमा औपचारिक रूपमा शाखा विस्तार गरेको छ । समाजसेवी तथा साहित्य सर्जक ओम घिमिरे र दिपेस चापागाईंलाई शाखा प्रमुखको रूपमा मञ्चका अध्यक्ष केशव बैरागी माइलाले घोषणा गर्नु भएको छ । उहाँहरु दुबै जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको छ ।

 

 

कार्यक्रम संयोजक श्रीप्रेम घिमिरे, विष्णु लुइँटेलको लगायतका कार्यकर्ताको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो । लेकास्टरबाट स्वागत नृत्यले कार्यक्रमको रोचक बनाएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि श्री प. हरि फुयाल बिशेष अतिथि बिनय लुइँटेल, जेनेल स्टिलसन, किम प्याटी, डेभ मेडसन, ओम घिमिरे, नकुल शर्माको ओम भट्टराईको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमलाई समापन गर्ने क्रममा मञ्चका अध्यक्षले नेपाली पठनपाठन कक्षा संचालन गर्ने योजना बनिरहेको जानकारी दिनु भयो साथै उद्घोषण तालिम चाँडैं गराउने र ‘दिन एउटा कथा’ संग्रह तयारी हुँदै गरेको उपस्थित सबै सूचना प्रवाह गर्नु भयो ।
नेपालीहरु अर्को महान चाड तिहारको शुभकामना दिदै कार्यक्रम औपचारिक रुपमा समापन भएको घोषणा गर्नु भएको थियोे ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका