पथरी शनिश्चरे प्याब्सनको अधिवेशनमा सम्मान र पुरस्कार

pabson pathari

पथरी, मंसिर ९
निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन, नेपाल ( प्याब्सन) पथरी शनिश्चरे नगर कार्य समिति मोरङको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

 

भूपू सैनिक माध्यमिक विद्यालयको सभाहलमा पथरी शनिश्चरे पालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले कार्यक्रमको उद्घाटन गर्दै निजी तथा संस्थागत विद्यालयहरूले नगरमा पुर्‍याएको विशिष्ट शैक्षिक योगदानको चर्चा गर्नुभयो । उहाँले प्रदेश र सङ्घीय सरकारले बनाएका शैक्षिक नीति, नियम र विनियम अनुसार आफ्नो स्थानीय तहको सरकारले पनि निजी विद्यालयका समस्याहरु समाधानका लागि सहयोग गर्न आफू तत्पर रहेको बताउनुभयो ।

 

प्याब्सनका नगर अध्यक्ष सुरेन्द्र लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकामा शैक्षिक सत्र -२०८० को एसइई परीक्षामा ४ जिपीए ल्याई सर्वोत्कृष्ट नतिजा हासिल गरेको भन्दै रेडस्टार माध्यमिक विद्यालयका छात्रहरु सतिश आचार्य र अजय लिम्बूलाई दोसल्ला अढाई नगदसहित सम्मानपत्रले सम्मानित गरिएको थियो भने सोही विद्यालयकी मनिता कार्कीलाई पनि कक्षा १२ मा ३.८० जिपीए हासिल गरेकोमा प्रशंसा पत्र सहित सम्मानित गरियो ।

 

सोही क्रममा निजी तथा संस्थागत विद्यालयमा सन् २००१ देखि शिक्षण पेशामा क्रियाशील रहनुभएकी भूपू सैनिक स्कूलकी शिक्षक लक्ष्मी राना मगरलाई ‘शिक्षक दिर्घ सेवा सम्मान’ तथा अन्नपूणर् माविका कर्मचारी राम चन्द्र रानालाई ‘कर्मचारी दिर्घ सेवा सम्मान’बाट सम्मानित गरिएको थियो । सोही अवसरमा पथरी शनिश्चरे नगरक्षेत्रलाई कार्यथलो बनाई लामो समयसम्म पत्रकारितामा विशेष योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई र आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय महासचिव अर्जुन जम्नेली राईलाई दोसल्ला ओढाई नगदसहित सम्मानपत्रले सम्मानित गरिएको प्याब्सनका सचिव सन्तोष बस्नेतले जनाउनुभयो ।

 

कार्यक्रममा प्याब्सनका प्रदेश अध्यक्ष टिकाराम ढकाल, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख नवीन खलाल बुढाथोकी, प्याब्सन मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, नेपाल शिक्षक महासंघ तथा पथरी शनिश्चरे नगर समितिका अध्यक्ष अर्जुन कुमार बुढाथोकी, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पथरी जेसीज अध्यक्ष राजकुमार विश्वकर्मा, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

 

अधिवेशनको दोस्रो सत्रले आर्थिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत र छलफल गरी भावी कार्यक्रम प्रस्तुत गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्वका पनि चयन गर्ने भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।