दमक, मंसिर २४
सत्ता साझेदार दल नेपाली कांग्रेसले ऋण लिएर अघि बढाउने भए चीनसँग हस्ताक्षर भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को-अपरेशन फ्रेमवर्क’ स्वीकार्न नसकिने धारणा अघि सारेको छ ।
सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीआरआई परियोजना ऋण लिएर अघि बढाउने भए त्यो स्वीकार्य नहुने निष्कर्ष निकालेको हो । बैठकको निष्कर्षपछि सभापति शेरबहादुर देउवाले यो ऋणमा नभई अनुदानमा मात्र लागू गर्न सकिने कांग्रेसको निणर्य रहेको जनाउनु भयो ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बीआरआई परियोजना अघि बढाउनेसम्बन्धी फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको थियो । सो सम्झौतामा बीआरआई अनुदानमा नभई ‘एड फाइन्नासिङ’ मोडलमा कार्यान्वयनमा जाने दाबी गरिएको छ भने यसबारे तीव्र बहस भइरहेको छ ।










