सडक सडकमा पशुपंक्षीको दोहोरो कर, कनकाईबाट ब्यवसायीलाई मार

दमक, पुस ११
सिंहदरबार घर घरमा भनेर लोकतन्त्रको कार्यान्वनयका लागि स्थानीय सरकारको अवधारणा अघि बढ्यो । जसले सेवा सुविधासहितका आवश्यक कामकारबाही गाउँ वस्तीबाटै सम्पन्न गरेर स्थानीयका लागि सहजता महसुस गराएको छ । यति हुँदा हुँदै पनि कर तिराउने कुरामा पालिकाहरु निरंकुश बनेको टिप्पणी पालिकाबासीको छ नै । अझ दोहोरो, तेहेरो करको मारमा स्थानीय पर्दै आएका उदाहरणहरु भेटिइरहन्छन् ।

 

यसक्रममा झापाको कनकाई नगरपालिका कार्यालयले पशुचौपायाको कर लिन पशुहाट ठेक्का लगाएको छ । पशु र बहाल विटौरी गरी सुरुङ्गाका लागि २० लाख ११ हजार १११ रुपैयाँ कबोल रकममा ठेक्का लगाएको देखिन्छ । तर ‘कवाडी, जडिबुटी र जीवजन्तुको व्यवसायिक उपयोग कर’का नाममा समेत पशुचौपायाको कर लिएर दोहोरो करको मार सिर्जना गरिरहेको पाइएको छ । जसको ठेक्का ८ लाख ११ हजार ७७५ रुपैयाँमा गैंडे निर्माण सेवाले लिएको हो ।

 

झापाकै दमकस्थित पशुहाटमा कर तिरेर सोही जिल्लाको कनकाई नगरस्थित सुरुङ्गा पुग्दा त्यहाँ पनि फेरि सोही शिर्षकको कर लिएको तथ्य उज्यालो खबरले फेला पारेको छ । मंसिर ५ गते दमकको पशुहाटबाट मेचीनगर नगरपालिकाका रामबहादुर गुरुङले ३७७५ नम्बरको पिकअप गाडीमा गाई र बाच्छी गरी ५ वटा पशुचौपाया खरिद गरेको लानु भएको थियो । त्यसबापत दमकमा ४ हजार कर तिरिसकेपछि सोही दिन सुरुङ्गामा पनि त्यसैको प्रति गोटा २ सयका दरले कर तिर्नुपरेको देखिएको छ । रामबहादुर मात्र होइन, दमकबाट गाईबस्तु किनेर गाडीमा ओसारपसार गर्दै आउनु भएका दमक १ का अर्पण राईले पटक पटक सुरुङ्गामा फेरि गाईबस्तुको कर लिने गरेको गुनासो गर्नुभयो ।

 

 

सिँगो र जीवित जीवजन्तुको नभई जीवजन्तुको हाड, सिंङखुर, जगरसहित फलामेसहितका कवाडीका सामानमा कर लिने प्रावधानमा ‘कवाडी, जडिबुटी र जीवजन्तुको व्यवसायिक उपयोग कर,’ उल्लेख गरी त्यसको रसिदमा सो शिर्षकको ‘सेवा शुल्क निकासी रसिद’ भन्ने शिर्षक राखिएको देखिन्छ । तर सोही नामको बिलमा पशुचौपाया कर लिने, त्यो पनि अन्य पालिकामा काटिसकिएको कर लिनेगरेको सम्बन्धमा कनकाई नगरपालिकासँग उज्यालो खबरले जिज्ञासा राखेको छ । नगरपालिकाका प्रशासन फाँटका अधिकृत भोजराज आचार्यले त्यसखाले गुनासो यसअघि केही आएको समेत स्वीकार्दै त्यसखाले दोहोरो कर लिन नमिल्ने जवाफ दिनु भयो ।

 

पूर्वपश्चिम मुख्य सडक क्षेत्रमै घुम्ती खडा गरेर ट्राफिक प्रहरीको सहयोगमा गाडी रोक्ने र पशुचौपायाको दोहोरो कर लिने गरेको पाइएको छ ।
दमक नगरपालिका कार्यालय अन्तर्गत ताराबारी चोकमा यसै प्रकारको कर लिएको अवस्थाको समाचार पनि उज्यालो खबरले यसअघि प्रशारण गरेको थियो ।

 

पालिकालाई पालिकाबासीले नै दर्बिलो बनाउनु पर्ने अवस्य नै हो । तर करले ढाड सेकाउने अवस्था पनि सिर्जना गर्नु फेरि स्थानीयकै लागि अहितकर काम हुनजान्छ । त्यसमा पनि सरकारले नै ठेक्का लगाएको निकायबाट यसप्रकारको दोहोरो कर लिएर सेवाग्राहीलाई सास्ती दिनु कानुन विपरीत मात्र नभएर लोकतन्त्रको मर्म अनि जनहित विपरीत कार्य ठहर्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने