दमक, पुस १४
पठन संस्कृतिको विकास गराउँदै सृजनशील समाज निर्माणको ध्येय बनाएर अघि बढेको डाइनामिक पब्लिक लाइब्रेरी (डीपीएल) नेपालको विराटनगरमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ को नयाँ कार्यसमिति चयन भएको छ ।
महाधिवेशनले अध्यक्षमा अनु भण्डारीलाई चुनेको निवर्तमान अध्यक्ष बालचन्द्र कार्कीले जनाउनु भयो । जसको वरिष्ठ उपाध्यक्षमा दिवश खतिवडा, उपाध्यक्षमा जीवन सापकोटा, कमल प्रसाद गैरे र आयुष बाटाजु, महासचिवमा गुणराज गिरी, कोषाध्यक्षमा श्रेयश्री थापा छानिनु भएको छ । निर्देशकमा संजीव पाठक, अनुज दाहाल र मनिष गिरी रहनु भएको छ ।
झापाको दमकका सृजनशील युवा भेषराज न्यौपानेको अगुवाईमा पठन संस्कृतिको विकासमा खुलेको ‘दमक पब्लिक लाइब्रेरी’लाई बृहत रुप दिएर डाइनामिक पब्लिक लाइब्रेरी बनाई यसले विभिन्न जिल्ला तथा विदेशमा समेत शाखा खडा गरेर आफ्ना सृजनशील गतिविधि सञ्चालन हुँदैआएका छन् ।









