सानो प्रयासले वितरण गरिरहेछ विद्यार्थीलाई न्यानो कपडा

दमक, पुस १९
झापाको दमक नगरपालिका वडा नम्बर ४ मा रहेको विद्योदय आधारभूत विद्यालयका १३७ जना विद्यार्थीलाई सानो प्रयास युवा समाजले शुक्रबार न्यानो कपडा (स्वेटर) वितरण गरेको छ ।

 

ओम शान्ति डेण्टलका सञ्चालक तथा सानो प्रयास युवा समाजका सदस्य कमल गैरेको जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको सट्टा सहयोग गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष छबि खतिवडाले बताउनु ।

 

सानो प्रयास युवा समाजले प्रत्येक सदस्यको जन्मदिनमा सामाजिक कार्य गर्दै आएको र जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको सट्टा सहयोग गर्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसरमा कार्यक्रम आयोजना गरिएको कमल गैरेले बताउनुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद होमबहादुर थापाले विद्यालय र सानो प्रयास युवा समाजलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दमक ४ नम्बर वडाध्यक्ष पुण्यप्रसाद दाहालले समाजको गतिविधिलाई उच्च मूल्यांकन गर्दै संस्थाको निरन्तर सामाजिक योगदानको प्रशंसा गर्नुभयो ।
विद्यालयको तर्फबाट समाजलाई योगदानको कदरस्वरूप सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रममा कार्यपालिका सदस्य शारदा भट्टराई सापकोटा, सामाजिक व्यक्तित्व अम्विकाप्रसाद खनाल, वडासदस्य हुकुमचन्द्र बस्नेत र शिक्षक भीमराज दाहाललगायतको आतिथ्यता रहेको थियो ।

 

समाजले मासिक रूपमा एक/एकवटा सामाजिक कार्यक्रम गर्दै आएको छ । यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत गर्ने सहभागीहरूले विश्वास व्यक्त गरेका छन् ।

 

२०७७ साल मा कोरोना महामारीका समयमा स्थापना भएको सानो प्रयास युवा समाजले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । कोरोना महामारीका समयमा पीडितहरूलाई खाना खुवाउने, अस्पतालमा सेनिटाइजर लगाउने जस्ता कामहरू संस्थाले गर्दै आएको थियो । संस्थाले फागुन यता बिभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोलबजार दुर्घटनाका फरार स्कार्पियो चालक पक्राउ

सिरहा ,११ मंसिर। सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर

आफ्नै गाईले टेक्दा गौरादहका वृद्ध गम्भीर घाइते

गौरादह, ११ मंसिर । आफ्‌नै गाईले टेक्दा गौरादहका एक व्यक्ति गंभीर घाइते हुनु भएको छ ।हिजो बिहिबार बिहान ६ बजे गौरादह –९ तुलाचन बस्ने ८३

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको