दमक, पुस २१
विद्यार्थीलाई किताबी ज्ञानसँगै खेलकुद सहित सृजनात्मक गतिविधिमा समेत उत्कृष्ठ बनाउने योजना अनुरुप गुणस्तरीय सिकाईमा पूर्वकै अब्बल दमक २ को हिमालय माविले विद्यार्थीहरुका लागि खेलकुद सप्ताह सुरु गरेको छ ।
आइतबार एक कार्यक्रमका बीच विद्यालयका सल्लाहकार संयोजक शेरबहादुर भट्टराई, शिक्षक अभिभावक संघका संयोजक केदार घिमिरे, प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठसहितको अगुवाईमा सप्ताहको उद्घाटन गरिएको छ ।
सप्ताहमा फुटबल, भलिबल, क्रिकेट, रिले दौड, बुद्धिचाल, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, छेलो, भाले जुधाईका साथै साना कक्षाका लागि चम्चा दौड, चक्लेट दौड (भिडियो छ), किताब दौड, गणित दौड, भ्यागुते दौड, बेलुन फुटाई, बम फुटाई, बेलुन नृत्य, इँटा सार्ने, स्किपिङसहितका खेलका प्रतियोगिता राखिएको छ ।
सप्ताह समापनका दिन पुरस्कृत विद्यार्थीहरुलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद समिति सदस्य जयप्रसाद आचार्यले जनाउनु भयो ।