हिमालय माविका विद्यार्थीको खेल सप्ताह सुरु

दमक, पुस २१
विद्यार्थीलाई किताबी ज्ञानसँगै खेलकुद सहित सृजनात्मक गतिविधिमा समेत उत्कृष्ठ बनाउने योजना अनुरुप गुणस्तरीय सिकाईमा पूर्वकै अब्बल दमक २ को हिमालय माविले विद्यार्थीहरुका लागि खेलकुद सप्ताह सुरु गरेको छ ।

 

आइतबार एक कार्यक्रमका बीच विद्यालयका सल्लाहकार संयोजक शेरबहादुर भट्टराई, शिक्षक अभिभावक संघका संयोजक केदार घिमिरे, प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठसहितको अगुवाईमा सप्ताहको उद्घाटन गरिएको छ ।

 

सप्ताहमा फुटबल, भलिबल, क्रिकेट, रिले दौड, बुद्धिचाल, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, छेलो, भाले जुधाईका साथै साना कक्षाका लागि चम्चा दौड, चक्लेट दौड (भिडियो छ), किताब दौड, गणित दौड, भ्यागुते दौड, बेलुन फुटाई, बम फुटाई, बेलुन नृत्य, इँटा सार्ने, स्किपिङसहितका खेलका प्रतियोगिता राखिएको छ ।
सप्ताह समापनका दिन पुरस्कृत विद्यार्थीहरुलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद समिति सदस्य जयप्रसाद आचार्यले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप