दमक,पुष २३
सोलुखुम्बु, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा सहितका कोशी पहाडका जिल्लामा अहिलेसम्म भूकम्पको क्षतिको जानकारी नआएको स्थानीय प्रशासनले जनाएको छ। यी जिल्लाका प्रहरी र जिल्ला प्रशासन नेतृत्वले दिएको जानकारी अनुसार तिब्बत क्षेत्रमा केन्द्रविन्दु भएकाले क्षति भएको हुनसक्छ।
नेपाल प्रहरी प्रधान कार्यालयले भूकम्पबाट हुनसक्ने क्षति विवरणबारे यकिन गर्न देशभरका प्रहरी निकायलाई अलर्ट गरिसकेको छ ।
मंगलबार बिहान ६ः५० बजे तिब्बत र नेपालको सीमा केन्द्रविन्दु बनाएर ७ म्याग्नेच्युडको भूकम्प गएको छ।
भूकम्पपछि क्षति विवरण यकिन गर्नका लागि प्रहरी निकायहरूलाई पत्राचार गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।
भूकम्पको केन्द्र डिंगे कान्टी नेपालको पूर्वी पहाड नजिकै पर्छ।
त्यसैले भूकम्पको प्रभाव पनि पूर्वी नेपालमा बढी परेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो ।









