आज र भोलि सभामुख घिमिरे झापाको कार्यक्रममा व्यस्त

दमक, पुस २५
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आज र भोलि गृह जिल्ला झापाको आफ्‌नो निर्वाचन क्षेत्रका कार्यक्रममा व्यस्त रहनुहुने भएको छ ।

 

झापाको निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद समेत रहनु भएका घिमिरेले आज आफ्‌नो निर्वाचन क्षेत्र अन्तर्गतको अर्जुनधारास्थित जनता माद्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटनपछि गरुवा चोक कैदले कालोपत्रे सडकको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

 

भोलि बिर्तामोड– चन्द्रगढी सडकको अवलोकन, खानेपानी उपभोक्ता सरसफाई समितिका विभिन्न आयोजनाहरुको अवलोकन, चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

 

त्यस्तै सभामुख घिमिरेले अर्जुनधारामा सुकुम्बासी, अव्यवस्थित बसोबासी र सिस्नेको सामुदायिक वन– सेनाको तालिम केन्द्रका विषयमा सरोकारवालाहरुसंग छलफल, एनटीएनसी पदाधिकारीसहित हात्ती नियन्त्रण सम्बन्धमा स्थानीय सरोकारवालाहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेकोे छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोलबजार दुर्घटनाका फरार स्कार्पियो चालक पक्राउ

सिरहा ,११ मंसिर। सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर

आफ्नै गाईले टेक्दा गौरादहका वृद्ध गम्भीर घाइते

गौरादह, ११ मंसिर । आफ्‌नै गाईले टेक्दा गौरादहका एक व्यक्ति गंभीर घाइते हुनु भएको छ ।हिजो बिहिबार बिहान ६ बजे गौरादह –९ तुलाचन बस्ने ८३

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको