कोपनहेगनमा पोखरेलको ‘विश्वासमाथि उभिएर’ कविता संग्रह विमोचन

अमेरिका, माघ १५
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले राजधानी कोपनहेगनमा विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्दै कवि सुदर्शन पोखरेलको कविता संग्रह ‘विश्वासमाथि उभिएर’को विमोचन सम्पन्न गरेको छ ।

 

कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासकी कार्यवाहक राजदूत सावित्रा वलीले संग्रह विमोचन गर्दै प्रवासमा नेपाली भाषामा साहित्य सृजना र पठन संस्कृतिको अभ्यासलाई अत्यन्तै सह्राहनीय कदमका रूपमा व्यक्त गर्नुभयो । कार्यवाहक राजदूत वलीले नेपाली भाषा र साहित्यले मात्र मौलिक पहिचानलाई जोगाएर राख्न सक्ने बताउँदै प्रवासमा यस्ता क्रियाकलापले भाषा, संस्कृति र पहिचानलाई थप बलियो बनाउने धारणा राख्नुभयो ।

 

 

कार्यक्रममा विमोचित पुस्तकबारे टिप्पणी गर्दै कवि प्रकाश सापकोटाले ‘विश्वासमाथि उभिएर’मा सङ्ग्रहित कविताहरू विचार, पौराणिक ज्ञान र विज्ञानको समिश्रणले भरिपूर्ण रहेको बताउनुभयो । भर्चुअल माध्यमबाट साहित्यकार युवराज नयाँघरे र धर्मेन्द्र तिमिल्सिनाले पुस्तक र कवि पोखरेललाई शुभकामना प्रदान गर्दै नेपाली साहित्यको यो योगदानलाई प्रशंंसा गर्नुभयो ।

 

 

संग्रहका सर्जक सुदर्शन पोखरेलले पहिलो कृति सार्वजनिक गर्न पाउँदा अत्यन्त खुशी लागेको जनाउँदै कार्यक्रममा आफ्ना गद्य र पद्य कविताहरू वाचन गर्नुभयो । उहाँले यो संग्रह आफ्ना विचार र अनुभवहरूको अभिव्यक्ति भएको बताउँदै साहित्यिक यात्रा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

कार्यक्रममा साहित्य, विचार र सृजनाको बेजोड संयोजन मात्र नभई, नेपाली भाषा र साहित्यको प्रवासमा संरक्षण र प्रोत्साहन गर्ने प्रतिबद्धता स्पष्ट देखिएको थियो । ‘विश्वासमाथि उभिएर’को विमोचन र च्याप्टरको गतिविधिले नेपाली साहित्यप्रति डेनमार्कका साहित्यप्रेमीहरूको समर्पणलाई झल्काएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका