धनेश्वर मन्दिरमा १३ औं पटक महायज्ञ, पद्म महापुराण सञ्चालन (फिल्ड रिपोर्टसहित)

दमक, फागुन १८
झापाको दमक ५ मा आकर्षक धार्मिकस्थलका रुपमा विकास भएको प्रसिद्ध धनेश्वर शिव पाञ्चायन मन्दिरमा १३ औं पटकको महायज्ञका रुपमा पद्म महापुराण सुरु भएको छ ।

 

लगातार १८ महापुराण सञ्चालनको लक्ष्य अनुरुप मन्दिरको १३ औं वार्षिकोत्सव समेतका अवसरमा यो पटकको पद्म महापुराण शनिबारबाट कलशयात्रासहित प्रारम्भ भएको छ । दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो । सप्ताह महापुराण २३ गतेसम्म सञ्चालन हुनेछ ।

 

नागले संरक्षण गरेर ओगटिएको जग्गामा धामका रुपमा विकास भएको सो स्थलमा भागवत भूषण पं.उदय शास्त्रीबाट कथा वाचन थालिएको हो । पं.मनिष पोखरेल, पं. बाबुराम दाहाल र पं.योगेश नेपालबाट मुल पाठ पारायण भइरहेको छ । लोकप्रिय भजन गायक महेश खतिवडाको समूहले संगीतमय भजन किर्तन सञ्चालन गरेको मन्दिर समितिका अध्यक्ष रुद्र कार्कीले जनाउनु भयो । धिमाल जातिले ठूलो पिपल र बेलको बोट रहेको सो स्थलमा डांग्रे बाबाका रुपमा पूजा गर्ने गरिएको अवस्थामा १३ वर्ष अघि समिति बनेर यसलाई भौतिक संरचनासहित धामस्थलका रुपमा विकास भएको उहाँले उल्लेख गर्नुभयो । शिव, पार्वती, देवीसहितका विभिन्न प्रतिमासहितका मन्दिर, हल निर्माण भएको र अब पाकस्थल निर्माणको आवश्यकता रहेको औंल्याउनु भयो ।

 

त्यहाँ ठूलो आधारको शिवको प्रतिमा, पार्वती गुफा र नागपोखरीसहितको स्थल धार्मिक पर्यटनको आकर्षणस्थल बनेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि