दीक्षान्त समारोहको भव्यता, यस्तो देखियो आस्था कलेज

दमक, फागुन २२
दमक नगरपालिका वडा नम्बर ४ मा रहेको आस्था कलेज अफ म्यानेजमेण्टले बीबीएस उत्तीर्णआफ्‌ना १०५ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।

 

स्नातक तह उतीर्ण गरी अव स्नातकोत्तर अध्ययन गर्न जान योग्य भएका विद्यार्थीहरुलाई दीक्षित गरिएको हो । शीरमा कालो टोपी, छेउमा पहेलो फुर्का र कालो गाउन लगाएका विद्यार्थीले भरिएको आस्था कलेज बिहिबार दीक्षितमय थियो ।

 

विद्यार्थीको मुहारमा खुसी त थियो नै अभिभावकको आँखामा सन्तुष्टिका आशु पनि देख्न सकिन्थ्यो । आफ्‌ना छोराछोरीले अध्ययनमा गरेको प्रगति देखेर अभिभावक दंग देखिन्थे । कालो टोपी लगाएर गमम्क परेका विद्यार्थीहरु पनि कम खुसी थिएनन । ४ वर्षको पढाई । अन्तिम परीक्षाफल आउँदा ५ वर्ष नै बितेपछि प्राप्त भएको फलको खुसी सजाउन पाएका थिए ।

 

दीक्षित भएपछि उज्यालो खबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरु कोही भावुक बने, कसैले आफुलाई पढाउने गुरुहरुको सम्मानपूर्वक स्मरण गरे, कसैले भविष्यको चिन्तन गरे । कोहीले चाँही त्यहाँ पढेको ज्ञानलाई व्यवहारमा उतार्दै जीवनमा केही गर्ने अठोट बनाएको बताए । दीक्षित पंकज न्यौपाने, सदीक्षा थापा, अजय बुढाथोकीसहितका यी भनाई थिए ।

 

कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापाले आस्था कलेजले दमकको शैक्षिक क्षेत्रमा फरक पहिचान बनाएर स्थापित भएको भन्दै यहाँबाट उत्पादन भएका जनशक्ति काम गर्न सक्ने र भविष्य निर्माण गर्न सक्ने अव्वल बन्न सकुन भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

सो अवसरमा दमक नगर शिक्षा समितिका अध्यक्ष कुवेरप्रसाद भट्टराईले यहाँ पढेको र सिकेको कुरालाई आफ्‌नै ठाउँमा प्रयोग गर्न सुझाव दिनुभयो । ठूला ठूला देशमा जाने र त्यहाँ आफ्‌नो भविष्य खोज्ने ट्रेण्ड बढेपनि त्यो सुरक्षित समेत नरहेको भन्दै हालसालै अमेरिकाले डिपोर्ट गरेर पठाइरहेको घटनालाई स्मरण गराउनु भयो ।

 

दीक्षान्त कार्यक्रममा बोल्दै क्याम्सका सहायक प्रमुख टीकाराम अधिकारीले कलेजले विद्यार्थीहरुलाई अधिकतम रुपमा व्यवहारिक बन्न, नैतिकवान बन्न र क्याम्पसबाट बाहिर निस्केपछि गरिखाने गरिको शिक्षा प्रदान गरेको भन्दै त्यसलाई सही सदुपयोग गर्दै उज्वल भविष्य निर्माण गर्न सुझाव दिनुभयो ।

क्याम्पसले जीवन के हो ? संघर्ष कसरी गर्ने ? सफलता कहाँ छ र कसरी प्राप्त हुन सक्छ भन्नेबारेमा समेत सिकाएकोले यहाँबाट पास आउट भइ दीक्षित भएका विद्यार्थीले कलेजले गरेको पथ प्रदर्शनमा हिड्नेमा आफु विश्वस्त रहेको क्याम्पस प्रमुख टेकनाथ भण्डारीको धारणा छ ।

 

सयौ अभिभावक, विद्यार्थी, सरोकारवाला व्यक्ति तथा निकायका प्रतिनिधिहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा बिच बिचमा नृत्यसहितको साङ्गीतीक कोशेली समेत प्रस्तुत भए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि