दमकमा स्थानीय र रैथाने उत्पादनको प्रदर्शनीमा के के देखियो ? (पुरा भिडियो हेरौं)

दमक, फागुन २७
आधा केजी भन्दा धेरैको त एक दानो आलु । झण्डै पाँच किलोको एउटै मुला । हरिया काँक्रा, तरकारीहरु पनि उस्तै अर्गानिक । अनि दलहन सामग्रीहरु पनि थरीथरीका । धान र चामल जात जातका । यी सबै कृषिजन्य बस्तुको गतिलो उत्पादन गर्न सहयोग गर्ने प्राङ्गरिक मल । यसरी उत्पादन भएका अर्गानिक तथा रैथाने उत्पादनको खाजा र खाना पनि । अनि हातले बनाएका बिभिन्न कलात्मक सामग्री ।

 

किसान, व्यवसायी, उपभोक्ता अनि सरकार । सबैलाई एकै ठाउँमा जोड्ने गरी दमकमा आजबाट स्थानीय र रैथाने उत्पादनको प्रदर्शनी मेला २०८१ सुरु भएको छ । यो मेला भोलिसम्म चल्ने छ । कृषिलाई कसरी व्यवसायी बनाउने अनि किसानका कष्ट, उत्पादनको बजारीकरण र ब्राङ्गडिङका साथै बजार व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा भोलि प्यानल डिस्कसन समेत हुँदैछ । यसले किसान, उद्योगी, बजार, उत्पादक र सरकार सबैलाई एकै ठाउँमा उभ्याएर नीतिगत निर्णय गराउन मद्यत पुग्ने छ ।

 

दमक ८ स्थित अर्गानिक कृषि भवनमा सञ्चालनमा आएको सो मेलाको अर्को उद्धेश्य कृषि भवनको प्रवद्र्धन पनि हो । अर्गानिक बजार पूर्णरुपमा तयार भइसकेकोले यसको सञ्चालन, व्यवस्थापन कसरी गर्ने भन्ने कुराको अभ्यास पनि हो ।

 

दमक नगरपालिका वडा नं ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल दीपेशको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालको प्रमुख आतिथ्यता रहेको थियो । सबै किसानहरुलाई भेला पारी बिषादीरहित उत्पादनमा लगाउनेगरिको र उत्पादन भइरहेका सामग्रीको प्रर्दशनी होस् भन्ने आफुले परिकल्पना गरिरहँदा दमक नगरपालिकाले कार्यान्वयन गरेको देख्दा खुसी लागेको सभापति बरालले बताउनु भयो । अव किसानलाई कुनै पनि रासायनिक मल र विषादीको प्रयोग गर्नुको साटो प्राङ्गारिक मल प्रयोग गर्न प्रोत्साहन गर्दै त्यहाँ उत्पादित सामग्रीको प्रयोग बृद्धि गर्न पालिका सरकारले कार्यक्रम नै बनाएर लाग्नु पर्ने उहाँको सुझाव रहेको थियो ।

 

मानव स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै विषादी रहित कृषिजन्य सामग्रीको उत्पादन बढाउँदै यही बजारमा ल्याएर बेच्ने र आर्थिक लाभ लिनेगरिको काम गर्न दमक नगरपालिका तयार रहेको कार्यक्रमका क्रममा नगर प्रमुख रामकुमार थापाले बताउनु भयो ।

 

उपप्रमुख रेगिना भट्टराई प्रसाईंले ०७६ मा सरस्वती माविको १० कठ्ठा जग्गा लिजमा लिएर नगर र प्रदेश सरकारको ३ करोड बढीको लागतमा कृषि भवन निर्माण गरेको जानकारी गराउनु भयो । त्यसलाई सञ्चालनकालागि समय लागेपनि अब त्यसलाई कृषि क्षेत्रको प्रवद्र्धनस्थलका रुपमा चाँडै सञ्चालनमा ल्याइने उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, मिक्लाजुङ गाउँपालिका अध्यक्ष बविकुमार राई लगायतले यसखाले प्रदर्शनीले छिमेकी पालिकाका किसानको उत्पादलाई समेत प्रोत्साहन मिलेको भन्दै कृषि बजारको सबैले सदुपयोग गर्न आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।

 

प्रदर्शनीमा ३५ वटा स्टल रहेका छन् । यहाँ कृषि उत्पादनका साथै हस्तकलाका सामग्री, मल तथा बीउ बिजन साथै रैथाने खानाका स्टलहरु रहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति