आङ्देम्बेमाथि भएको आक्रमणको विरोधमा विर्तामोडका युवा एकजुट

विर्तामोड, ७ चैत– राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवम् झापा इन्चार्ज खगेन्द्रराज आङ्देम्बे लगायतका नेतामाथि भएको सांघातिक आक्रमणको विरोधमा विर्तामोडका युवा एकजुट भएका छन् ।
राष्ट्रिय युवा संघसहित नेपाल तरुण दल र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज विर्तामोडमा पत्रकार सम्मेलनमार्फत् आङ्दम्बेमाथि भएको आक्रमणको निन्दा गरेका छन् । पत्रकार सम्मेलनमार्फत् ती युवा संघ–संगठनले आङ्देम्बे लगायतका नेतामाथि आक्रमण गरी गम्भीर घाइते बनाउनेहरुलाई कडाभन्दा कडा कारबाहीको माग राखेका छन् ।
राष्ट्रिय युवा संघ विर्तामोड नगर कमिटीका अध्यक्ष रोहित ओली, तरुण दल विर्तामोडका सभापति रमेश चौधरी र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन विर्तामोड नगर कमिटीका अध्यक्ष प्रिन्स शेखले संयुक्त विज्ञप्ति जारी गर्दै यो घटनाले जिल्लामा असुरक्षा र आपराधिक घटना बढेकोमा चिन्ता व्यक्तसमेत गरेका छन् । विज्ञप्तिमा भनिएको छ —‘ खगेन्द्रराज आङ्देम्बे र सहकर्मीहरुको हत्या प्रयासले हाम्रो झापा जिल्लामा बढ्दो असुरक्षा र आपराधिक घटनाहरु बढिरहेको पुष्टि गरेको छ । यसले युवाहरुको वर्तमान र भविष्यको सुरक्षा प्रत्याभूति गर्न सरकार र प्रशासनले गम्भीर कमद चाल्नुपर्ने देखिन्छ ।’
संघका केन्द्रीय सदस्य आङ्देम्बेसहित विर्तामोड नगर कमिटी सदस्य विश्वदीप राजवंशी र अजय खबास गत फागुन २६ गते राति आक्रमणमा पर्नुभएको थियो । सो आक्रमणमा संलग्न भएको अभियोगमा प्रहरीले खगेन्द्र खालिङ र उनका भतिज दुर्गा राईलाई पक्राउ गरिसकेको छ । आक्रमणमा परी घाइते भएकामध्ये राजवशी र खबास उपचारपछि घर फर्किसकेका छन् भने आङ्देम्बेको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको वताइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य