‘नो केबलकार’ समूहले लिम्बूलाई तोक्यो उच्चस्तरीय वार्ता समिति संयोजक

ताप्लेजुङ , चैत्र ७/ ‘नो केबलकार समूह’ले खगेन्द्र फेम्बु लिम्बूको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति गठन गरेको छ ।

 

 

पाँच सदस्यीय वार्ता समितिको सदस्यमा श्रीप्रसाद लिंखिम, सरस्वता (सरु) सिंगक, धनराज लिम्बू र सन्तोष मेहता रहनु भएको छ । 

 

 

यसअघि वार्ता समन्वय समितिमात्रै बनाएको नो केबलकार संघर्ष समितिले सरकारद्वारा गठित वार्ता समितिसग संवाद गर्न उच्च स्तरीय वार्ता समिती बनाएको हो ।

सिंगकले मुक्कुम्लुङ ताङसेप चुम्भो तथा धनराज र सन्तोष राजनीतिक दलबाट वार्ता समितिमा रहेको उल्लेख छ । सिंगक भने यसअघिको वार्तामा समन्वय समितिको संयोजक रहनु भएको थियो ।

 

 

मुक्कुम्लुङमा आएको विवादमा गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र मुक्कुम्लुङ ताङसेप र अन्तरदलीय राजनीतिक दलहरुको वार्ता सहजीकरण टोलीबीच चैत ४ गते भएको वार्ताले उच्चस्तरीय वार्ता समिति गठन गर्ने सहमतिअनुसार वार्ता समिति गठन गरिएको आन्दोलनरत समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा १३ वटा संघसंस्था र ११ राजनीतिक दलले हस्ताक्षर गरेका छन् । आन्दोलनरत समूहले केबलकार निर्माण खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

 

 

गृह मन्त्रालयद्वारा गठित प्रेमप्रसाद भट्टराई संयोजकत्वको सरकारी वार्ता समितिले यो माग आफ्नो तर्फबाट पूरा गर्न नसक्ने जनाएपछि उच्चस्तरीय वार्ता समिति गठनका लागि पहल गर्ने सहमति भएको यसअघिको वार्तामा सहभागीले बताएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य