प्रेस चौतारी नेपालको १० औं केन्द्रीय महाधिवेशन

एमाले अध्यक्ष ओलीले भ्याउनुभएन, महासचिव शंकर पोखरेलद्वारा उद्घाटन (फोटो फिचर)

विराटनगर, चैत १०
प्रेस चौतारी नेपालको आजबाट ३ दिनसम्म विराटनगरमा चल्ने केन्द्रीय महाधिवेशनको उद्घाटनमा कार्यव्यस्तताका कारण प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउन नभ्याउने अवस्था भएपछि महासचिव शंकर पाेखरेलले उद्घाटन गर्नु भएको छ ।

होटल मनासलु इनमा पोखरलले महाधिवेशनको उद्घाटन गर्नुभयो । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाएको अध्यक्ष गणेश बस्नेतले जनाउनु भयो ।

महाधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन गर्नेछ ।

अध्यक्षमा पाण्डे र राई तथा महासचिवमा अधिकारीको उम्मेदवारी घोषणा
चौतारीको भावी अध्यक्षका लागि उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । महासचिवमा चेतन अधिकारीले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत नेतृत्व चयनको लागि प्रयासमा लागेको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु

नामावली सार्वजनिक, मतदान प्रक्रिया सुरु

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान

दोस्रो चरणको मतदान प्रक्रिया सुरु

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु

कति सुरक्षित छ नेपाली चियाको विश्व बजार?

काठमाडौं,१२ असार । नेपाली चिया विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले समान व्यापारिक सुविधा पाउन सकेको छैन । आयात गर्ने

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक पुनःप्रभावित

काठमाडौं,१२ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ । महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित