उज्यालो संवाद

जनमत संग्रहबाट हुने निर्णय सही निर्णय बन्छ : बास्कोटा

जनमत संग्रह गर्नेहो भने जस्तो पनि परिणाम आउने भएकाले पनि सरकारले जनमत संग्रह गरेर साँच्चैको मत लिन तयार नहरेको उहाँको बुझाई छ ।

दमक, चैत १५ / दमकका प्राध्यापक एवम् राजनीतिक विश्लेषक बास्कोटा धनञ्जयले विभिन्न वाद र पार्टीका नाममा भएका विभिन्न कालखण्डका आन्दोलनहरु हालसम्म नेपाल र नेपालीकालागि नभएर आआफ्‌नै स्वार्थमा केन्द्रित रहेको पाइएको बताउनु भएको छ ।

राजतन्त्रवादी र गणतन्त्रवादीबीच टकराव बढेको र आआफ्‌ना आन्दोलन अघि बढेको सन्दर्भमा उज्यालो खबरको उज्यालो संवाद कार्यक्रममा बोल्दै लेखक एवम् सर्जक समेत रहनु भएका उहाँले त्यस्तो धारणा राख्नु भएको हो । बल प्रयोग गरेर सडकमा भीड देखाएर भीडको निर्णयबाट हुने परिवर्तन टिकाउ नहुने उहाँको विचार छ ।

बेलायतमा भएको जनमत संग्रहको दृष्टान्त प्रस्तुत गर्दै भन्नु भयो ‘कुनै पनि महत्वपूर्ण निर्णय जनमत संग्रहबाट हुनुपर्छ । आआफ्‌ना पक्षका भीड जम्मा गर्नु जंगली रुप हो ।’

राजावादी र गणतन्त्रवादीको यसखाले टकराव कहिलेसम्म रहिरहने भन्ने चिन्ता व्यक्त गर्दै भन्नुभयो ‘समूह वा केही व्यक्तिका निहीत स्वार्थकालागि जनतालाई दुःखदिनु सरासर अन्याय भइरहेको देखिन्छ ।’

भारत, चीन वा अमेरिकासंगका परराष्ट्रनीति समेत फरक बनाएर जानुपर्ने नेपालको आवश्यकता समेत रहेको विश्लेषण गर्नुभयो । जनताका नाममा हुने आन्दोलनको सन्दर्भमा उहाँ भन्नुहुन्छ ‘यहाँ त जनतै पो छैनन्, सबै पार्टी पार्टीका कार्यकर्ता छन् । त्यहि भएर पनि यो खाले स्वार्थका आन्दोलन भइरहन पाएको हो ।’

संसद र सरकारमा बारम्बार उपस्थिति भइरहने दलहरुले देशको साँच्चै समृद्धि गर्ने कुरामा छलफल नभई को चाँही शक्तिशाली हुने भन्ने टकरावले दलहरुप्रति निराशा बढाएको टिप्पणी गर्नुभयो । ‘यस्तै निराशाको उपजका रुपमा बेला बेला विभिन्न आन्दोलनले ठाउँ पाउँने र स्थायी शान्ति नहुने अवस्था भयो ।’ – राजावादीको आन्दोलनको सन्दर्भ समेतमा उहाँले भन्नुभयो । यो खाले धमिलो अवस्थाको आन्दोलन चलिरहने उल्लेख गर्नुभयो । उहाँले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएमा धेरै हदसम्म समस्याको समाधान गर्ने हुँदाहुँदै पनि फेरि त्यसमा बाहिरी मुलुकको चलखेलको खतरा समेत रहेको विश्लेषण गर्नुभयो ।

जनमत संग्रह गर्नेहो भने जस्तो पनि परिणाम आउने भएकाले पनि सरकारले जनमत संग्रह गरेर साँच्चैको मत लिन तयार नहरेको उहाँको बुझाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि